पोखरा, पुष २,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । यस अगाडि पटक पटक अन्तराष्ट्रिय वजारमा मूल्य घट्दा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य नघटाई नेपाली उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको थियो । नेपालले इन्घन खरिद गर्ने भारतिय आयल करपोरेशनले पटक पटक मूल्य घटाएर पठाउदा समेत नेपाल आयाल निगमले निगम घाटामा रहेको भन्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको थिएन । निगमले निगम सञ्चालन खर्चमा कटौती नगर्ने र निगम घाटामा गएको वाहानावाजी वनाएर ईन्धन सस्तोमा किनेर महङ्गोमा वेच्दै उपभोक्त ठग्ने काम गरिरहेको छ । खुलेयाम निगमले सस्तोमा किनेर महङ्गोमा वेच्दा समेत सरकार मुकदर्शक वनेर वस्नुको रहस्य नेपाली जनताले खोजेका छन् । २०७१ सालमा स्वचालित मूल्य प्रणाली अर्थात अन्तराष्ट्रिय वजारमा मुल्य घट्दा घट्ने र मूल्य वढ्दा वढ्ने नियम लागु गरियो । तर नेपाल आयाल निगमले रुस र युक्रेनको युद्धलाई वाहाना वनाएर स्वचालित मूल्य प्रणाली खेरज गरेर आफु खुसी मूल्य निर्धारण गर्दै उपभोक्तलाई ठगी गरेको छ ।
अन्तराष्ट्रिय वजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको र भारतिय आयल करपोरेशनले मूल्य घटाएर पठाउदा पनि विगतको नोक्सानलाई कम गर्न भन्दै नेपाल आयल निगम सञ्चालक समितीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य जति मात्रामा घट्नुपर्ने हो घटाएको छैन । निगमले खुलेयाम कालावजारी गरिरहँदा उपभोक्ता अधिकारकर्मीहरुको यस तर्फ ध्यान जानु पर्दैन ? विगतमा पेट्रोलियम पदार्थमा २ रुपयाँ मात्रै वृद्धि हुँदा सडमका नारा लगाउने युवा विद्यार्थीहरु अहिले कता छन ? नेपाल आयाल निगमको घाटा पूर्ति गर्न उपभोक्ता कति समय समम ठगिनुपर्ने हो ? यी लगायतका दर्जनौ प्रश्नहरु नेपाल आयल निगम समक्ष तेर्सिएका छन् । नेपाल आयाल निगमले हालसालै भारतिय आयल करपोरेशनले पेट्रोलमा ६ रुपयाँ प्रतिलिटर मूल्य घटाएर पठाउदा मात्रै ३ रुपयाँ प्रतिलिटर घटाएर जनताका आँखामा छारो हाल्ने काम गरेको छ । त्यो पनि उपभोक्ताको दवाव थेग्न सकिदैन भनेर । भारतिय आयल करपोरेशनले घटाएर पठाएको मूल्य किन कायम गर्न सकिदैन । विगतमा पटक, पटक मूल्य घटेर आउदा पनि मूल्य नघटाउने आयल निगम यस पटक जति घटेर आयो त्यतिनै घटाएको भए नेपाली उपभोत्ताहरुलाई केही राहत हुने थियो तर नेपाल आयल निगम चरम नाफामुखी वनेर यस पटक पनि नेपाली उपभोक्तालार्ई ठग्ने काम गरेको छ ।
नेपाल आयल निगमले २०७१ सालमा लागु गरेको स्वचालित मूल्य प्रणली तुरुन्तै लागु गनूृ पर्दछ । अन्तराष्ट्रिय रुपमा वढेको मुल्य नेपाली उपभोक्ता तिर्न तयार छन् बिगतमा पनि तिरेकै हुन् । अन्तराष्ट्रिय वजारमा मूल्य वढ्दा पेट्रोलमा प्रति लिटर २५२ सम्म तिरेका उपभोक्ता हाल मूल्य घट्दा घटेको मूल्य तिरेर राहत पाउनु पर्ने ठाँउमा नेपाल आयाल निगमको कारण ठगिएका छन् । यो निगमको मनपर्दी कहिले सम्म चल्ने हो भनेर प्रश्न गरिरहेका छन् । मूल्य वढ्दा वढि तिरेका उपभोक्ता मूल्य घट्दा पनि वढिनै मूल्य तिरिरहनुपर्ने अवस्था अन्यत्र कहिपनि हुदैन । भारतमै पनि अनाधिकृत रुपमा मूल्य वढ्यो भने त्यहाँ ठूला ठूला आन्दोलन हुन्छन् नेपाल मात्रै त्यस्तो देश हो जहाँ उपभोक्ता अन्याय परिरहदा पनि लुरु लुरु पैसा तिरिरहेका हुन्छन् । सरकार पनि यस विषयमा लामो समय सम्म मौन वसिरहेको देखिन्छ । यसरी सरकार लामो समय समम मौन वस्दा कतै विभागिय मन्त्रीको आयल निगमसंग साँठगाँठ त छैन भनेर उपभोक्ताहरुले आशंका गरेका छन् । जे होस् नेपाली उपभोक्तालाई अव नेपाल आयल निगमवाट हुने ठगीको अत्य हुनु पर्दछ । पेट्रोलियम पदार्थको विक्रिमा स्वचालित मूल्य प्रणाली तुरुन्तै लागु हुनुपर्दछ ।