पोखरा ,पौष ३,
यही पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाटमा नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ । प्रत्येक वर्ष आयोजना गरिदै आएको लिटरेचर फेष्टिवल यो वर्ष पनि आयोजना गरिने आयोजक बुकवर्म फाउन्डेसनले शनिवार पोखरामा पत्रकार भेटघाट कार्यक्राम गरि जानकारी गराएको छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको, यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देश विदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने सो अवसरमा जानकारी गराईयो ।
आयोजकका अनुसार लिटरेचर फेस्टिभलमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली देखि नेपाली काँग्रेसका महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा जनमत पार्टिका अध्यक्ष सिके राउत लगायतका राजनितिज्ञहरुले गैर राजनितीक विषयमा वहस गर्ने छन् । यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ । साथै नेपाल राष्ट्र वैकका गभर्नर महाप्रसाद अधिकारी, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहने जानकारी दिईयो । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहने, बिभिन्न शिर्षकमा वहसका साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम रहेको आयोजकले वताएका छन् ।
“शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए । आयोजक संस्थाका केशवशरण लामिछानेले पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको वताए । आयोजक संस्थाकै भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय वनिसकेको वताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र आयोजक संस्थाका बिकाश रोका मगरले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।