पोखरा, पुष ३,
आदर्श बचत तथा ऋण सहकारी संस्था लि,पोखरा १३ आर्वा तथा लायन्स क्लव अफ गतिशील मञ्जरीले सम्युक्त रुपमा आर्वा स्थित रतन पाण्डे मा वि का ४८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
कार्यक्रममा बिध्यार्थीहरुलाई स्वीटर, टोपी,कपडा तथा खाजा बितरण गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्व वहन स्वरुप सो कार्यक्रम गरिएको आदर्श बचत तथा ऋण सहकारी संस्था लि का सञ्चालक समिति सदस्य एवं न्यानो कपडा वितरण कार्यक्रमका संयोजक यज्ञ प्रसाद बरालले जानकारी दिए । सहकारी का अध्यक्ष राजेन्द्र प्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३ की वडा सदस्य रजनी परियार, रतन पाण्डे मा. वि. बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष शरदचन्द बराल,बिध्यालयका प्रधानाध्यापक डिल्ली राम बराल, सहकारीका सचिव सुर्य प्रसाद बराल तथा लायन्स क्लब अफ गतिशील मञ्जरी की बिन्दु बराल लगायतले कार्यक्रम औचित्य का बारेमा प्रकाश पारेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।