पोखरा , पौष ८,
पोखरा महानगरपालिका वडा नं. ८ को आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वयमा २ दिने नेतृत्व तथा क्षमता विकास तालिम बिहिवार देखि शुरु भएको छ
तालिमको उद्घाटन वडा नं ८का अध्यक्ष रुद्रनाथ वरालले गरेका थिए । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै बरालले महिलाहरुले नेतृत्व गरिरहेका संघ संस्थाहरुमा अझ व्यवस्थित तरिकाले व्यवस्थापन गर्नको लागि यो तालिमले सहयोग पु¥याउने वताए । महिलाहरुको आफू भित्र रहेको क्षमता प्रष्फुटन गराउन यस तालिमले सघाउने विश्वास समेत वरालले ब्यक्त गरेका थिए ।
तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार जमुना वर्षा शर्मा र प्रशिक्षकमा वडा सचिव सविता ढुङ्गाना रहेका थिए । तालिममा वडा नं. ८ भित्रका महिला समूह, टोल विकास संस्था, आमा समूहका ४५ जना महिलाहरुको सहभागिता रहेको वडा अध्यक्ष वरालले वताए ।
कार्यक्रममा कार्यक्रम संयोजक तथा वडा सदस्य पवित्रा पौडेल, वडा सदस्यहरु गोविन्द बराल र हिराकाजी श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य लक्ष्मी वि.क. र कार्यक्रमको संचालन वडा सचिव सविता ढुङ्गानाले गरेकी थिईन् । तालिमको समापन आज शुक्रबार हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।