पोखरा पौष १०,
प्रचण्डलाई प्रधानमन्त्री वनाएर भएपनि नेकपा एमाल का अध्यक्ष केपि शर्मा ओलीे नेपाली काँग्रेस सहितको ५ दलीय गठवन्धन टुटाउन सफल भएका छन् । नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी लयागतका दलहरुसंगको गठवन्धनको वलमा ठूलो पार्टि वन्न सफल भएको नेपाली काँग्रेस आफु भित्रको दम्भको कारण प्रधानमन्त्री लगायतका संवैधानीक पदहरुवाट विमुख हुने भएको छ । पहिलो कार्यकाल प्रधानमन्त्री माग गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पनि नदिने राष्ट्रपति पनि आफैले राख्ने काँग्रेस सभापत शेर वहादुर देउवाको हठका कारण ओलीको प्रतिगमनका विरुद्ध वनेको गठवन्धन टुटेको छ भने काँग्रेसले सवै कुरा गुमाएको छ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली एकातिर गठवन्धन टुटाउन सफल भएका छन् भने अर्कोतर्फ बिगतमा आफुलाई प्रतिगमनकारीको आरोप लगाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेकै समर्थनमा प्रधानमन्त्री वनेपछि प्रतिगमनको मुद्धा लाई एक हद सम्म निस्तेज पार्न सफल भएका छन् ।