पोखरा, पौष १०,
प्रतिनिधि सभामा तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आईतवार ५ वजेको समय सिमा भित्रै दाहालले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा वुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको सपथ ग्रहण भने भोली हुने वताईएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले लगायतका ७ दल का १६६ जना संसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको निवास वालकोटमा आईतवार दिउसो देखि चलेको वैठकमा नेकपा एमाले नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राप्रपा , जनता समाजवादी पार्टि र जनमत पार्टि, र नागरिक उन्मुक्ति पार्टि प्रचण्डलाई प्रधानमन्त्री वनाउन सहमत भएका थिए । दाहालको समर्थनमा एमालेका ७८,माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टिका २०, राप्रपाका १४, जनता समाजवादीका १२, जनमत पार्टिका ६ र नागरिक उन्मुक्ति पार्टिका ४ सांसद रहेका छन् । उजलाई स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेश कुमार सिंह, र किरण यादवको पनि समर्थन रहेको वताईएको छ ।
यस अधि आईतवार वसेको सत्तारुढ गठवन्धनको वैठकमा काँग्रेस सभापति शेर वहादुर देउवाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री वनाउन नसकिने जवाफ दिएपछि प्रचण्ड गठवन्धन टुटेको भन्दै वालुवाटारवाट सिधै ओली निवास वालकोट पुगेका थिए । पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री वनाउन तयार भएको एमालेले भने साढे दुई वर्ष पछि सरकारको नेतृत्व गर्ने नेताहरु विच समझदारी वनेको छ ।
प्रचण्डलाई प्रधानमन्त्री वनाएर भएपनि नेकपा एमाले नेपाली काँग्रेस सहितको ५ दलीय गठवन्धन टुटाउन सफल भएको छ । यता नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी लयागतका दलहरुसंगको गठवन्धनको वलमा ठूलो पार्टि वन्न सफल भएको नेपाली काँग्रेस आफु भित्रको दम्भको कारण प्रधानमन्त्री लगायतका संवैधानीक पदहरुवाट विमुख हुने भएको छ । पहिलो कार्यकाल प्रधानमन्त्री माग गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पनि नदिने राष्ट्रपति पनि आफैले राख्ने काँग्रेस सभापति शेर वहादुर देउवाको हठका कारण ओलीको प्रतिगमनका विरुद्ध वनेको गठवन्धन टुटेको छ भने काँग्रेसले सवै कुरा गुमाएको छ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली एकातिर गठवन्धन टुटाउन सफल भएका छन् भने अर्कोतर्फ बिगतमा आफुलाई प्रतिगमनकारीको आरोप लगाएको माओवादी केन्द्र एमालेकै समर्थनमा प्रधानमन्त्री वनेपछि प्रतिगमनको मुद्धा लाई एक हद सम्म निस्तेज पार्न सफल भएका छन् । केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुको गठवन्धन वनेपछि नेपाली काँग्रेस सवै प्रदेशमा आउट हुने भएको छ । प्रदेश सरकारहरु पनि नेकपा एमाले र माओवादी केन्द्रले वनाउनेछन् । सरकार गठनका लागि राष्ट्रिपतिले दिएको समय सिमा सकिनै लाग्दा नेपालको राजनितीमा आज नेकपा एमालेका अध्यक्षकेपि शर्मा ओलीले लिएको अग्रसरताले नेपालको राजनितीक कोर्ष परिवर्तन गरिदिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।