पोखरा , पौष १३,
दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ । माछापुच्छ«े गाँउपालिका लाहाचोकमा वि सं १९७५ मा जन्मिएका दाहाल १४ वर्ष अगाडि पोखरा वृद्धाश्रममा आश्रय लिन आएका थिए । आश्रममा आउनु भन्दा अगाडि दाहाल पोखरा २१ मा ज्याला मजदुरी गरेर वस्ने गरेको आश्रमले जनाएको छ ।
पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना पोखरा २१ को सहयोग र पोखरा वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महानगरको सामाजिक विकास समितिका संयोजक एवम् पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैया नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिईन् ।
सम्मान कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै शाहीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको दिनलाई आधार मानेर गत बर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको वताईन् । पोखरा महानगरपालिकाले जेष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा जेष्ठनागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाको लागि १० लाख रुपैयाका दरले बजेट विनियोजना गरेको सो अवसरमा शाहीले वताईन् ।
कार्यक्रममा पोखरा २१ वडा अध्यक्ष दिपक सुवेदीले आप्mना जन्मदाता बुबा आमाको समेत उचित सेवा पु¥याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न, असहाय जेष्ठ नागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आश्रमको परोपकारी कामको प्रशंसा गरेका थिए । सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमा बुवा र सेवक सेविका सहित ५५ जना रहेको बताउँदै संघ संस्था तथा दाताको सहयोगबाट आश्रम सञ्चालन हुदै आएको वताए । जेष्ठ नागरिकको सिपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम सञ्चालन भएको बताउँदै उत्पादित वस्तुको प्याकेजिङ गरि बजारमा विक्री गरिने तयारी भईरहेको वताए । कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गिता न्यौपाने, पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले जेष्ठनागरिक दिवसको महत्वको वारेमा चर्चा गरेका थिए ।