पोखरा पौष २४,
कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजु सर्वसम्मत चयन भएका छन् । एसोसिएसनको सदस्यहरूमा रजनी चापागाई, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् ।
यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताए । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको आचार्यले वताए । मेयर आचार्यले सम्पत्ति कर , व्यवसाय कर ,द्धटाएको, विज्ञापन कर र पार्किङ शुल्क खारेज गरेका वताए । घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा ल्यार्ईएको, भन्दै ४ प्रतिशतमा झर्दा पनि कर नतिरेमा भने कार्यवाही हुने वताए । महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने व्यवसायीतक समस्याहरूको समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
कपाडा व्यवसायी एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनिाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सीना र साँघुमुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
रजत उत्सव समेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानहरू समेत प्रदान गरेको छ । सो अवसरमा पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार युवा पत्रकार भीम थापालाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद रु.११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो । पोखरा महानगरपालिकका मेयर आचार्यले सम्मानित व्यक्तित्वहरुलार्य सम्मान गरेका थिए । कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नवीन नापित र सञ्चालन महासचिव धर्ममान सिंह भण्डारीले गरेका थिए ।