पोखरा पौष २९,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन् । नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसदगरि ३३ जनाको समर्थन सहित पौष २५ गते मुख्यमन्त्री वनेका अधिकारीले एक महिना भित्रमा विश्वासको मत लिए हुने सुविधा भएपनि मुख्यमन्त्री वनेको ५ दिन भित्रै विश्वासको मत लिन लागेका हुन् । आज आव्हान गरिएको गण्डकी प्रदेश सभाको वैठकवाट विश्वासको मत लिने कार्यसूची रहेको छ । संघ सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिएपछि तरंगित भएको नेकपा एमाले र नेकपा एमालेवाट गण्डकी प्रदेशमा मुख्यमन्त्री वनेका अधिकारीले ढिलो गरि विश्वासको मत लिदा तरल राजनितीमा जे पनि हुन सक्ने महसुस गरि आफु सुरक्षीत हुनका लागि मुख्यमन्त्री भएको ५ दिनमै विश्वासको मत लिन लागेको राजनितीक वित्तमा चर्चा छ ।