पोखरा माघ ४ गते,
यती एयरलाईन्सको माघ १ गते आईतवार पोखरामा भएको जहाज दुर्घट्नामा निधन भएका पत्रकार त्रिभुवन पौडेलको मंगलवार पोखराको शान्तिघाटमा अन्तेष्ठी गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका स्व. पौडेलको शव पोष्टमार्टम पछि मंगलवार विहान परिवारलाई जिम्मा लगाईएको थियो । परिवारले शव वुझेपछि पोखरा ११ फुलवारी स्थित पौडेलको निवासमा शव लगेर केही वेर पछि नेपाल पत्रकार महासंघ कास्कीमा ल्याईएको थियो । नेपाल पत्रकार महासंघ कास्की शखाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि पौडेको शव करिव १ घण्टा राखिएको थियो । पौडेलको शवमा गण्डकी प्रदेशका मुख्यमन्त्री, खगराज अधिकारी, मन्त्रीहरु हरिवहादुर चुमान, सिता सुन्दास, पञ्चराम गुरुङ, प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे,पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सभाका सदस्यहरु, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, पूर्व अध्यक्ष गोविन्द आचार्य, विभिन्न राजनितीक दलका नेता कार्यकर्ता, पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लावाट आएका सञ्चारकर्मी, सुरक्षा निकाय, विभिन्न संघ संसथाका प्रतिनिधि,पौडेका आफन्त लगायत सर्वसाधारणले अन्मि श्रद्धाञ्जली दिएका थिए । स्व पौडेलको शवमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंधको लोगो अंकीत झण्डा ओडाएका थिए ।
अन्तिम श्रद्धाञ्जली दिएपछि पौडेलको सवलाई मुस्ताङचोक, एयरपोर्ट, र्पृथ्वीचोक , नयाँवजार हुदै सेती नदि स्थित शान्तिघाटमा लगिएको थियो । शव यात्रमा सयौको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । सेति नदि घाटमा पौडेलको अन्तेष्ठी कार्यक्रममा सहभागि हुन धेरै मानिस पुगेका थिए । पौडेलको शवमा उनकी श्रीमती प्रतिभा पौडेल र दाई उत्तम पौडेलले दागवत्ती दिएका थिए । पत्रकार पौडेल नेकपा माओवादीका गण्डकी प्रदेश समितिका सदस्य समेत रहेका छन् उनलाई श्रद्धाञ्जली दिन नेकपा माओवादीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु पनि शान्तिघाट पुगेका थिए । पौडेलका श्रीमती र १ छोरा छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।