पोखरा, माघ ११,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको धार १६८ को उप धारा ९ वमोजिम मन्त्रीमण्डल विस्ता तथा मन्त्रीहरुको कार्यविभाजन गरेका छन् ७ सदस्यीय मन्त्री मण्डलमा दोस्रो वरियतामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरि वहादुर चुमान रहेका छन् । चुमानले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्वेवारी पाएका छन् । तेस्रो वरियता सहित एमालेकी सिता कुमारी सुन्दासले आर्थिक मामिला , चौथो वरियता सहित राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य, पौचौ वरियता सहित एमालेका रोशन गाहा मगरले आन्तरिक मामिला तथा कानून छैटौ वरियता सहित एमालेकै वेद वहादुर गुरुङले कृषि उर्जा तथा जलश्रोत र सातौ वरियता सहित माओवादीका रेशम बहादुर जुज्जालीले उद्योग , पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्वेवारी पाएका छन् । सत्ता गठवन्धनमा २२ सिट रहेको नेकपा एमालेले मुख्यमन्त्री सहित ४, ८ सिट रहेको नेकपा माओवादी केन्द्रले २ र २ सिट रहेको राप्रपाले १ मन्त्रालय भागवण्डा गरेका छन् ।
मन्त्रमिण्डल विस्तारमा कास्कीले मुख्यमन्त्री सहित थप एक मन्त्री पाएको छ । त्यो पनि कास्की क्षेत्र नं १ ले नै । मुख्यमन्त्री अधिकारी कास्ककिो क्षेत्र नं १ १ वाट निर्वाचित भएका हुन भने कृषि, उर्जा तथा जलश्रोत मन्त्री वेद वहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं १ कै २ निर्वाचिन क्षेत्रवाट निर्वाचित सांसद हुन् । मन्त्री मण्डल विस्तार प्रति एमालेमै असन्तुष्ठी देखिएको छ । कास्की जिल्लावाटै मुख्यमन्त्री सहित २ मन्त्री वनाईएको, वाग्लुङवाट मन्त्री नवनाईएको तथा दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएर आएका नवलपरासी पूर्वका सांसद रोशन गाहा मगरलाई मन्त्रीनै नवनाउने गरि प्रमुख सचेतक वनाईएको र चौतर्फी दवाव पछि मन्त्री वनाएको भएपनि आर्थिक मामिला मनत्रीको आश्वासन दिईएको भएपनि अर्थको जिम्वेवारी नदिई पाँचौ वरियतामा राखेर अर्के मन्त्रालय दिईएको भन्दै व्यापक असन्तुष्ठी देखिएको छ ।
नेकपा एमालेमा गण्डकी प्रदेशमा उप महासचिव पृथ्वी सुव्वा गुरुङ र मुख्यमन्त्री खगराज अधिकारी पक्षका विचको गुटवन्दी यस पटक पनि देखिएको छ । २०७४ सालमा पृथ्वी सुव्वा गुरुङ मुख्यमन्त्री हुँदा कास्की जिल्लावाट कृष्ण थापालाइृ मन्त्री वनाउन गुरुङ माथि दवाव थियो तर थापा नेता अधिकारी पक्षीय भएको कारण गुरुङले आफ्नो कार्यकाल भरी कृष्ण थापालाई मन्त्री वनाएनन् । हाल मुख्यमन्त्री खगराज अधिकारीले ७ सदस्यीय मन्त्री मण्डल वनाउदा र आफै कास्की जिल्लाको मुख्यमनत्री भएपनि कास्कीवाटै त्यो पनि १ नं क्षेत्रवाटै निर्वाचित आफु पक्षीय नेता वेद वहादुर गुरुङलाई मन्त्री वनाएरै छाडे । वाग्लुङका संसद लिला वहादुर थापा पृथ्वी सुव्वा गुरुङ पक्षीय नेता भएको कारण उनि मन्त्रीमण्डलमा नअटाएको चर्चा छ ।