पोखरा माघ १३,
सहारा क्लव पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको थियो ।
कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लवले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिएका छन् ।
तमुधीं यूकेका संस्थापक सदस्य तथा सहारा यूकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लवले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् । पूर्व राष्ट्रिय भलिबल प्रशिक्षकतथा खेलाडी समेत रहेकी उनले अनुशाननै खेलाडीको गहना भएको बताइन् ।
कार्यक्रममा नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागतगर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोग प्रतिआभार व्यक्त गरे ।
कार्यक्रममा तमुधीं यूकेका तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लवका अध्यक्ष हरिराम गुरुङलाई हस्तान्तण गरेका थिए । सोही अवसरमा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाकालागि २० हजार रुपैयाँ हस्तान्तण गरेका थिए ।
वि.स. २०६३ सालमापोखरा – १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५ बालक रहेका छन् ।
कार्यक्रममा तमुधीं यूकेका निवर्तमान अध्यक्ष् ाहितकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ट उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधीं आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष तथा सहारा क्लवका सल्लाहाकार मुछेत्र गुरुङ, सहारा क्लवपोखराका मानार्थ सदस्य महेश गुरुङ, शिक्षातथा संस्कृतिविद एकेन्द्र गुरुङ, संस्थाका कार्यसमिति सदस्य तथा गोरखा मिडियाका निर्देशक मिलन गुरुङ लगायतको सहभागिता रहेको थियो ।
क्लवकाअध्यक्ष हरिराम गुरुङको अध्यक्षतामाभएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत र सचिव सुनिल रानामगरले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।