पोखरा माघ १५,
रवि लामिछानेने आर्ईतवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौवाट नागरिकताको प्रमाण पत्र लिएका छन् । अमेरिकको नागरिकता लिएका तर अमेरिका वाट नेपाल फर्किसकेपछि नेपाली नागरिकता लिन प्रक्रिया पुरा नगरेको कारण रवि लामिछानेसंग नागरिकताको प्रमाण पत्र नभएकाले उनको सांसद पद खारेज भएको शुक्रवार सर्वोच्व अदालतले फैसला गरेको थियो । आफुसंग नेपाली नागरिकता भएको जिकीर गर्दै आएका लामिछानेले २०५० सालमा लिएको नागरिकताको आधारमा चुनाव लड्ने , राहधानी वनाउने,लगायतका कामहरु गर्दै आर्ईरहेका थिए । शुक्रवारको फैसला पछि नागरिकता विहिन वनेका लामिछानेले आफु अनागरिक भएको प्रतिक्रिया दिएका थिए । आईतवार नागरिकता लिएपछि उनि नेपाली नागरिक भएका छन् । उनले नयाँ नागरिकता प्रमणपत्र लिएपनि उनको नागरिकता नंवर भने पुरानै कायम भएको वताईएको छ ।