पोखरा माघ १५,
काठमाण्डौमा झापाका प्रेम प्रसाद आचार्यले आत्मदाह गरेको घट्ना सेलाउन नपाउदै पोखरामा एक ब्यक्तिले आफैनै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा स्टेशनरी पशल सञ्चालन गर्दै आएका ४५ वर्षिय कृष्ण वहादुर क्षेत्रीले आईतवार आफैनै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । क्षेत्रीले वोतलवाट शरिरमा पेट्रोल छर्केर वाथरुममा गई आगो लागउन लागेको देखेपछि घरभेटी संगिता सापकोटाले उनलार्ई वचाउन खोज्दा उनि पनि जलेर गम्भिर घाईते भएको प्रहरीले वताएको छ । उनिहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पत्तालमा उपचार भईरहेको छ । घट्ना के कारणले भयो भन्ने वारेमा अनेकौ अड्कल वाजी गरिएको भएपनि घट्ना घट्नुको कारण आर्थिक अवस्था विग्रेकोले हो वा अन्य कुनै कारण हो भन्ने वारेका खुलेको छैन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।