पोखरा माघ २५,
वर्तामान सत्ता गठवन्धनको भविश्य प्रति विभिन्न कोणवाट प्रश्न उठाउन थालिएको छ । पुष १०मा सरकार निर्माण गर्ने समयमा भएको सहमति प्रधानमन्त्रीले तोडेको एमालेको आरोप छ । पौष २६ गते नेपाली काँग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रधानमन्त्रीले पूर्वसहमती विपरित राष्ट्रिय सहमति भन्दै हिडेको एमाले अध्यक्ष ओलीले प्रतिनिधी सभाको वैठकमा विषेश समय दिएर वोल्दै गर्दा वताएपछि सत्ता गठवन्धनका प्रमुख दलहरु नेकपा एमालेर माओवादी केन्द्र विच असमझ्दारी वढ्न थालेको प्रष्ट देख्न सकिन्छ । त्यस भन्दा पनि माथि उठेर नेकपा माओवादीका महासचिव देव गुरुङले एक टेलिभिजन च्यानल संगको अन्तरवर्तामा राष्ट्रपतिको निर्वाचनमा एमाले सहममिा नआए एमालेले उठाएको उमेद्धवारको विपक्षमा माओवादीले क्रस भासङि गर्नसक्ने वताएपछि नेकपा माओवादी केन्द्र नेकपा एमालेलाई राष्ट्रपति दिन तयार नभएको प्रष्ट देखिएको छ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उमेद्धवारी नदिएर नेकपा माओवादी केन्द्रकी उमेद्धवार उर्मिला अर्याललाई निर्विरोध हुने वतावारण मिलार्ईदिएपछि नेपाली काँग्रेस र मओवादीको विच राष्ट्रपति काँग्रेसलाई दिने जेन्टलमेन्ट एग्रीमेन्ट भएको वुझ्न कसैलाई गाहे पर्दैन । त्यतिमात्रै हैन नेकपा माओवादीले सरकार वनाएको वाग्मतीका काँग्रेसले सरकारलार्ई समर्थन गरेर माओवादीलाई गुन लगाएको छ ।
काँग्रेसले पौष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहाल काँग्रेसप्रति नरम भएको वुझाई एमालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टिलाई पूर्व सहमति अनुसारको गृह मन्त्रालय नदिनु र सरकारवाट वाहिरिनवाट नरोक्नुमा प्रधानमन्त्री दोषी रहेको एमाले नेताहरुले वताईरहेका छन् । रवि लामिछाने विवादित भएको भए रास्वपाकै अर्को कोही ब्यक्तिलाई गृह मन्त्रालय दिएर पौष १० गतेको सहमति प्रधानमन्त्रीले मान्नु पर्ने एमालेको वुझाई रहेको छ । रास्वपालार्ई गृह मन्त्रालय नदिएर पौष १० गतेको एउटा सहमति तोडेकाले राष्ट्रपतिको निर्वाचनमा समेत माओवादीले एमालेसंग गरेको राष्टपति एमालेलाई दिने सहमति तोड्छ भन्नेमा लगभग एमाले नेताहरु पुगिसकेका छन् । यस्तो अवस्थामा एमालेलाई धर्म संकट पर्ने देखिएको छ । माओवादीले एमालेलोई राष्ट्रपति नदिएको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिईरहने वा सरकारवाट वाहिरिने भन्नेमा एमाले धर्मसंकटमा पर्ने भएको हो । संघिय सरकारवाट वाहिरिएमा वा सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रदेश सरकारहरु पनि एकैपट ढल्ने र एमाले सवैठाँउवाट सत्ता विमुख हुने, समर्थन फिर्ता नलिएमा अपमानित भएर सत्तामा वसिरहन पर्ने र साढे दुई वर्ष पछि पनि प्रधानमन्त्री पाईने नपाईने अन्यौलता रहिरिने भएकाले एमालेलाई ठूलो संटक देखिएको छ । पौष १० गते पुरानो गठवन्धन भत्काएर ठूलो सफलता प्राप्त गर्दै प्रदेश सरकारहरुको नेतृत्व गरेको एमालेले ३ महिना पनि वित्न नपाउदै फेरि पहिलाकै ठाँउमा पुग्ने संभावना वढेर गएको छ । नेपालको राजनितीको केन्द्र भागमा रहिरहने प्रधानमन्त्री प्रचण्ड यस्तै अवस्था रहिरहने हो भने काँग्रेस र एमाले दुवै पार्टिसंग खेलेरै ५ वर्षनै प्रधानमन्त्री रहिरहने देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।