पोखरा फागुन १०,
पोखरा महानगरपालिका वडा नं ५ स्थित खुँडे पोखरीमा डुवेर ४ वर्षिय वालकको मृत्यु भएको छ । पर्वत जिल्ला घर भई हाल पोखरा–५ धारापानीमार्ग बस्दै आएकी सुनिता केसीका ४ वर्षीय छोरा सुहान केसी सोमबार साँझदेखि सम्पर्क विहीन भएका थिए । सोमवार साँझ सम्म घर नआएपछि खोजी गर्ने क्रममा मंगलवार उनको सव घर नजिकै रहेको खुँडे पोखरीमा फेला परेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको मृत शरीर खुँडे पोखरीमा फेला पारेको थियो । खेल्दै जाने क्रममा असावधानीवस वालक पोखरीमा डुवेको हुन सक्ने प्रहरीले जनाएको छ । यसै विच पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वालक केसीको मृत्यु प्रति दुख ब्यक्त गर्दै हार्दिक श्रद्धञ्जली व्यक्त गरेको पोखरा महानगरपालिकाले जनाएको छ । उक्त घट्नाले महानगरपालिकालाई निकै मर्माहत बनाएको भन्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीलाई तत्काल सुरक्षित बनाइने वताए ।
घट्नाको जानकारी पाए लगत्तै सो पोखरीको स्थलगत निरीक्षण गरी तत्काल पोखरी सरसफाइ गरी चारै तर्फको भागमा तार बार सहित सुरक्षित बनाउन पोखरा महानगरपालिकका वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद वरालल लगायतका जनप्रतिनिधीहरुलाई आचार्यले निर्देशन दिएका छन् ।