पोखरा फागुन १८,
लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । यही फागुन १६ गत अन्दाजी साढे ४ बजेको समयमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१३ चिसापानी मार्गमा डेरा गरी बस्ने पोखरा म.न.पा. वडा नं. ९ बस्ने वर्ष २६ को आशिष थकाली र स्याङजा जिल्ला पुतलिबजार न.पा. वडा नं. ६ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.१३ चिसापानी मार्ग बस्ने वर्ष २७ सुमन गुरुङको साथ वाट र डेरावाट समेत लागू औषध खैरो हेरोईन (ब्राउनसुगर) जस्तो देखिने पदार्थ ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु १ थान र मोवाईल २ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । उनिहरुलार्ई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी समेत विकले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।