पोखरा, फागुन २६,
चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक उपाध्यक्ष नविन घायल सम्मानित भएका छन् । संघले हिजो एक कार्यक्रमका विच घायललाई सम्मान गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । चलचित्र पत्रकार संघ कास्कीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई दोसल्ला, प्रमाणपत्र र माला सहित सम्मान गरिएको थियो । सो अवसरमा घायलसंग संघले साक्षत्कार समेत गरेको थियो । सो अवसरमा घायलले आफ्नो अनुभव साटेका छन् । हाल अष्ट्रेलियामा बस्दै आएका घायल संघको स्थापनाकालमा पोखरामा हुने चलचित्र सम्बन्धि गतिविधिका विषयमा नछुटाई लेख्ने पत्रकारमध्ये पर्छन् । सिनेमाका विषयमा लेख्दा लेख्दै अभिनयमा समेत उनको सक्रियता बढ्दै गयो । तत्कालिन समय बनेका नेपाली चलचित्रमा उनको भूमिका जोडिन्थ्यो । घरदेश छाडेर परदेश गएपछि पनि चलचित्र सम्बन्धि गतिविधिमा उनको सक्रियता पाइन्छ । अष्ट्रेलियामा समेत नेपाली चलचित्र विषयमा विविध कार्यक्रमको आयोजना गर्ने गरेको उनले वताए । चलचित्र पत्रकारिता र नेपाली चलचित्र क्षेत्रप्रतिको माया आफुलाई अझै पनि लाग्ने गरेको उनले वताए । चलचित्र पत्रकार संघ कास्कीको संस्थापक उपाध्यक्ष भएर आफुले गरेका कामहरुले नै सफलता दिलाएको अनुभुति उनले ब्यक्त गरेका थिए । चलचित्र पत्रकार संघ कास्कीले गर्ने हरेक कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता समेत सो अवसरमा उनले ब्यक्त गरेका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ कास्कीको स्थापना कालमा नविन घायलको सक्रियताले आफुलाई सहयोग मिलेको बताए । संस्थापक पदाधिकारी र सदस्यहरुलाई वर्तमान कार्यसमितिले गरेको सम्मान सह्रानिय भएको उनले वताए । संघका निवर्तमान अध्यक्ष अरुण गिरीले संघका अग्रजसँग साक्षत्कार कार्यक्रम गरी संघले राम्रो कार्य गरेको बताए । यसले संस्थापक पदाधिकारी र सदस्यहरुलाई पनि संघ प्रति अपनत्व हुने विश्वास उनले ब्यक्त गरे ।

संघका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार सुरेश रानाभाट, संस्थाका शुभचिन्तक सोभित बस्याल लगायतले चलचित्र पत्रकारितामा कलम चलाएर तत्कालिन समयमा चलचित्र सम्बन्धि गतिविधिलाई चलायमान बनाउन संस्थाका अध्यक्ष श्रीराम सिग्देल र उपाध्यक्ष नविन घायलको भूमिका उल्लेखनिय रहेको वताएका थिए । कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।