पोखरा, फागुन २८,
पोखरा महानगर पालिकाले आफ्नो ७ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । आईतवार पोखरा सभागृहमा आयोजित एक भव्य कार्यक्रमका विच ७ औ स्थापना दिवसको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्धघाटन गरे । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रदेश प्रमुख गुरुङले मुलुकमा यतिखेर संविधान विरोधी तत्वहरुले औला उठाईरहेकाले त्यस्ता तत्वसंग होसियार रहनुपर्ने वताए । राजनितीक दल र जनप्रतिनिधिहरुले जन अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तोष पैदा भएको भन्दै प्रदेश प्रमुख गुरुङले जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । जनताको विश्वास जित्न नसकेमा संविधान विरोधी तत्वहरुले फाईदा उठाउने हुँदा सचेत रहनुपर्ने गुरुङले वताए । नागरिकहरूलाई सेवा दिने क्रममा दलीय स्वार्थको गन्ध आउनु नहुने भन्दै प्रदेश प्रमुख गुरुङले निस्वार्थ भावका साथ सेवा दिनुपर्ने वताए ।
नेतृत्वको चरित्रका विषयमा नागरिकहरू जानकार रहेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले नेतृत्व गर्ने ब्यक्ति सधै सचेत हुनु आवश्यक रहेको वताए । कार्यक्रममा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा सम न्यायिक विकास मा ध्यान दिनुपर्ने वताए ।पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने वताए । यो सहरलाई जीवन्त राख्नका लागि राजनीतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा अथवा हामी सबै हिसाबले चलायमान हुन जरुरी रहेको मुल्मीले वताए ।

कार्यक्रमका सभापति समेत रहका पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले स्थापना दिवसको वारेमा चर्चा गर्दै महानगरपालिकामा आफुहरु निर्वाचित भएर आएपछि भएका कार्य प्रगतिको वारेमा चर्चा गरेका थिए । महानगरपालिकामा तल्लो तहवाट कामका आधार तयार गरिएको वताए । जाईका, एडिवी, कोईका, कोईकाको ग्रिन टान्सपोट्रेसन प्रोजेक्ट लगायतका दातृ निकायहरुसंग विचमा विभिन्न कारणवाट रोकिएका कामहरुलाई सुचारु गर्न सफल भएको, पोखरामा समस्याको रुपमा रहेको ट्राफिक व्यवस्थापनको काम केही हद सम्म व्यवस्थापन गर्न सफल भएको, महानगरपालिका कार्यालयमा सेवाग्राहीहरुलाई झण्झट रहित सेवा प्रवाह गर्न एकद्धार सेवा प्रणाली सुचारु गरिएको,पोखरा महानगरपालिकालार्ई ग्रिन सिटीको रुपमा विकास गर्न एडिवी संग ठूलो संझौता गरिएको, महानगरपालिकामा वसेवास गर्ने नागरिकहरुको तथाङ्क अध्यावधि गर्न डाटावेस तयार गरिएको, प्रमुख आचार्यले वताए । त्यसै गरि आगामी वर्षको वजेट निर्माण गर्न चैत्र देखिनै ३३ वटै वडामा प्रथमिकताका आयोजनाहरु के के हुन सक्दछन् भनेर विज्ञहरुलाई समेत राखेर छलफल गर्ने र प्रोजेक्ट वैक वनाएर वजेटका प्रथमिकता तोक्ने, पोखरा महानगरपालिकको प्रशासकीय भवन निर्माण गर्नका लागि पोखरा महानगरपालिका वडा नं ७ स्थित पर्यटक वसपार्क भन्दा अगाडिको पोखरा उपत्याका नगरविकास समितीको स्वमित्वमा रहेको जग्गा महानगरपालिकाको स्वमित्वमा ल्याएर भवन निर्माणको काय थाल्ने, पोखरको पृथ्वीचोकमा रहेको पुरानो ट्रफिक कार्यालय रहेको भवनमा सूचना प्रविधि केन्द्र, पुस्तकालय, आटर्् ग्यालरी र घण्टाघर सहितको पोखरा भवन वनाउने कार्य अगाडि वढेको प्रमुख आचार्यले वताए ।
कार्यक्रममा पोखरा महानगरपालिकका उप प्रमुख मञजुदेवी गुरुङले स्वागत मन्तव्य ब्यक्त गरेकी थिईन् । कार्यक्रममा पोखरा महानरपालिकामा नेपाली काँग्रेस संसदीय दलको नेता दिवसमान प्रधानाङ्ग, एमालेका संसदीय दलका नेता राधिका शाही योगी, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महानगरपालिकका प्रवक्ता मोति तिमिल्सिनाले गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिकको विबिध गतिविधि समेटेर प्रकाशन गरिएको स्मारिका पोखरा दर्पणको प्रदेश प्रमुख गुरुङले विमोचन गरेका थिए । कार्यक्रमका अवसरमा पोखराको सरसफाई, ट्रफिक व्यवस्थापनलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्तित्वहरु, महानगरपालिकका कर्मचारी मध्येवाट उत्कृष्ट कर्मचारी, महाशाखा प्रमुखहरु र ३० वर्ष भन्दा वढि समय काम गरेका कर्मचारहिरुलाई दिर्घ सेवा पदकवाट सम्मानित गरिएको थियो ।
स्थापना दिवसकै क्रममा महानगरपालिकाले फागुन २७ गते पोखराको विजयपुर खोला आसपासका क्षेत्रमा सरसफाई गरेको छ । महानगरपालिकाले स्थापना दिवसकै अवसरमा खेलकुद लगायतका विभिन्न कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारी बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको थियो । भने महिला जनप्रतिनिधि र महिला कर्मचारी बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टोली विजयी भएको थियो । त्यसै गरि फागुन २८ गते आईतवार औपचारिक कार्यक्रमपूर्व महानगरपालिकाले प्रभातफेरी गरेको छ । पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकारचोकवाट निकालिएको प्रभातफेरी पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।