पोखरा ,चैत्र ४,
कलाकार दुर्गा वराल वात्सायनलार्ई पोखरामा रथारोहण सहित अभिनन्दन गरिएको छ । पोखरेली युवा संस्कृतिक परिवारको अगुवाईमा पोखरामा रहेका विभिन्न ३२ संघ संस्थाले चैघ ४ गते शनिवार वराललार्ई रथारोहण सहित नागरिक अभिनन्दन गरेका हुन् । जीवनका ८० वसन्त पार गरि ८१ औ वर्षमा प्रवेश गरेका वराल कार्टुनका वादशाह भनेर चिनिन्छन् । समाजमा भएका विकृति विसंगतीलाई कलाको माद्यमवाट उजागर गनेृ वरालको कला हो । धेरै शव्द खर्चेर गर्नुपर्ने र भन्नु पर्ने कुरा वरालले वनाएको एउटा कार्टुनको माद्यमवाट ब्यक्त हुने हुनाले वरालले वनाएका कार्टुनलाई औधी रुचाउने गरिन्छ । राजनितीक क्षेत्रमा देखिएका विसङगति, वेलावेलामा शासकहरुले गर्ने व्यभिचार, तथा अन्याय अत्याचारका कुराहरुलाई वरालले आफ्नो कार्टुनमार्फत बाहिर ल्याउने हुनाले वात्सायनले वनाएको कार्टुनले मुलुकभरीनै चर्चा पाउने गर्दछ । कान्तिपुर दैनिक पत्रिकामा वरालले वनाएका धेरै कार्टुनहरुले शासकहरुको मुटुनै हल्लाईदिएको पाईनछ । तत्कालिन राजा विरेन्द्रको हत्या भएपछि शासन सत्ता ज्ञानेन्द्रले लिए ज्ञानेन्द्रले जनताका अधिकार खोसे, नेताहरुलाई जेल हाले संवैधानिक राजावाट ज्ञानेन्द्र कार्यकारी प्रमुखको रुपमा आर्यसकेपछिमुलुकमा प्रजातन्त्रको हरण भयो । २०४६ सालमा नेपाली जनताले लडेर ल्याएको संवैधानीक राजतन्त्र र वहुदलीय प्रजातन्त्र समाप्त भयो राजा विरेन्द्रको हत्या हुनेवेलामा प्रधानमनत्री थिए गिरिजा प्रसाद कोईराला । ज्ञानेन्द्रले संवैधानीक राजतन्त्र र वहुदलीय प्रजातन्त्र माथि प्रहार गर्दका वखत दुर्गा वरालले वनाएको कार्टुन कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भयो । गरिजा प्रसाद कोईराललाले संवैधानिक राजतन्त्र रुपी मरेको घोडा वोकेर हिडेको । वरालले वनाएको उक्त कार्टनुको सवत्र प्रशंसा भयो । यी वाहेका वरालले धेरै कार्टुनहरु वनाएका छन् जसले नेपालको समाजिक तथा राजनितिक क्षेत्रका बिकृति विसंगतिलाई जनमानमा उतारेका छन् ।
शनिवार उनै दुर्गा वरालको पोखरमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नं १३ आर्वामा जन्मिएका वरालको हाल पोखरा महानगरपालिका वडा नं ३ नदिपुरमा वसोवार रहेको छ । विहान १०.०० वजे वरालको नागरिक अभिनन्दनको लागि उनको निवास नदिपुरमा आमन्त्रण गरिएकाले मानिसहरु १०.वजेदेखिनै निवासमा जम्म भएका थिए । वरालको अभिनन्दन तथा रथारोहणमा सहभागि हुन काल तथा साहित्य अनुरागी, राजनितीक तथा सामाजिक ब्यक्तित्वहरु, स्थानिय, शिक्षण संस्था सम्वद्ध ब्यक्तित्वहरु, उद्योगी व्यवसायी, पत्रकार लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । १०.३० वजे वरालको निवास नदिपुरवाट सुरु भएको रथारोहण पोखराको नदिपुर, प्रदेश सभा भवन, पृथ्वीनाराण क्याम्पस,ट्याक्सीचोक, वागवजार हुँदै विन्धुवासीनी मन्दिरमा पुगेको थियो विन्धुवासिनी मन्दिर धार्मि क्षेत्र विकास समितिको सभाहलमा वराललार्ई नागरिक अभिनन्दन गरिएको थियो । सो अवसरमा पोख्ररेली युवा संस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली युवा संस्कृतिक परिवार लगायत ३२ वटा संस्थाले वरालको अभिनन्दन गरेको वताए । प्राज्ञ तिर्थ श्रेष्ठले वरालको जीवनी माथि प्रकाश पारेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।