नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको मंगलवार दिउसो वसेको सचिवालय वैठकले सरकारमा पार्टिको सहभागिता र मन्त्रीहरुको वारेमा छलफल गरेको छ । साथै बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजिनामा स्वीकृत गरेको पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै वैठकले नयाँ कार्यविभाजन र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न केन्द्रीय संगठन विभाग र केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य गरी सके पछी अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
बैठकले मिटर व्याजी विरुद्धको आन्दोलनले उठाएको मागहरू अविलम्ब पुरा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै, मिटर व्याजी जस्तो अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही गर्न समेत सरकारसँग जोडदार माग गर्दै आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।त्यसै गरि बैठकले पार्टी उपाध्यक्ष प्रमेश कुमार हमालको शिघ्र स्वास्थ्यलाभको कामना गरेको महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै विच समाजवादीले ३ वटा मन्त्रालयमा दावी गरेको र उक्त दावीवाट पछाडि नहट्ने कुरा समेत सचिवालय वैठकमा भएको पार्टिका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मन्त्रालयको संख्या र जिम्वेवारी टुङ्गिनासाथ पार्टिले मनत्रीहरुको नाम दिने समेत खतिवडाले वताए । ३ वटा मनत्रालय पाएमा समाजवादी उपाध्यक्ष वेदुराम भूषलको नेतृत्वमा उप महासचिव प्रकाश वला र नेता भानुभक्त जोशी सरकारमा जाने संभावना रहेको पार्टि श्रोतले जनाएको छ ।