पोखरा, चैत्र २५,
नेकपा एकिकृत समाजवादीका उप महासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक पूर्वाधारको निर्माण तथा यातायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न योजनावद्ध ढंगले काम गर्ने वताएका छन् । शनिवार नेकपा एकिकृत समाजवादी कास्कीले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै मन्त्री ज्वालाले निर्माणधिन पोखरा मुग्लिन सडकको निर्माणलाई कसरी छिटो छरितो तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले चासो लिएको वताए । आईतवार उक्त सडकको निरिक्षण गर्ने वताउदै दुई खण्डमा दुई वटा निर्माण कम्पनिले ठेक्कामा लिएको उक्त सडक निर्माणमा गति वढाउन निर्देशन दिईने वताए । सडक निर्माणको क्रममा रहेको र यसले सवारी साधन सञ्चालनमा कठिनाई भएको र पर्यटन लगायतको क्षेत्रमा परेको नकारात्मक प्रभावको वारेमा आफु जानकार रहेको वताउदै सडक निर्माणको कामलार्ई छिटो छरितो गर्ने काममा मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर निगरानी गरिरहेको समेत वताए । पोखरा वाट जोमसोम हुँदै कोरला सम्म जाने सडक, त्यसै गरि सिद्धार्थ राजमार्गको स्तोरन्ती लगायतलाई पनि मन्त्रालयले प्रथमिकतामा राखेको मन्त्री ज्वालाले वताए । आफु परिणाम मुखी काममा विश्वास गर्ने वताउदै मन्त्री ज्वालाले आफ्नो मन्त्रालयवाट जनताले अपेक्षा गरेअनुसारको नतिजा दिने वताए । सरकारको न्यूनतम साझा निती तथा कार्यक्रममा उल्लेख गरिएका विषयहरुको सहि रुपमा कार्यन्वयन गर्ने गरि मन्त्रालयले काम गर्ने मन्त्री ज्वालाले वताए । सो अवसरमा पार्टिका उप महासतिचव समेत रहेका ज्वालाले नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुलाई पार्टिको संगठन निर्माणमा लाग्न निर्देशन दिएका थिए ।
सो अवसरमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुले मन्त्री ज्वालालाई यतायातको क्षेत्रमा देखिएका बिचौलियाका समस्या, दुर्घट्नाका समस्या भाडादरमा एकरुपता नभएका विषय, लाईसेन्समा भईरहेका समस्या , मन्त्रालय अन्तगर्तका कार्यालयवाट भईरहेका ढिला सुस्तीका समस्या अनधिकृत र नियम विपरित चलार्ईएका सवारी साधनहरुले परेका समस्या, मुग्लिन पोखरा सडक निर्माणको ढिलासुस्तीको कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव, लगायतका समस्या समाधानमा पहल लिन आग्रह गरेका थिए ।
नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हामालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण लामाले स्वागत र उप सचिव डिवी राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।