पोखरा ,चैत्र २६,
राष्ट्रिय स्वतन्त्र पार्टिले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गरेको छ । रास्वपावाट समानूपातिक कोटावाट सांसद वनेका श्रेष्ठलाई सांसद सहित पार्टिको साधारण सदस्य समेत नरहने गरि निलम्वन गरिएको सो पार्टिले जनाएको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसंग दुई करोड रुपयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलार्ई पार्टि हित विपरित काम गरेको भन्दै कारवाही गरिएको हो । गत माघ ३ गते विस्तार हुन अगाडि सो मन्त्री परिषदमा आफु स्वास्थ्य मन्त्री वन्न लागेको र त्यसका लागि पार्टिलार्ई पैसा दिनुपरेको भन्दै झापाका मेडिकल व्यवसायी प्रसार्ईसंग श्रेष्ठले दुई करोड मागेको समाचार वाहिरिएपछि उनलार्ई निलम्वन गरिएको वताईएको छ । प्रसाईसंग पैसा माग्ने क्रममा श्रेष्ठले आफु मन्त्री भएपछि मिलेर काम गर्ने भनेको खुलेको छ । अडियो सम्वादमा श्रेष्ठले दुई करोड मध्ये हाल १ करोड दिएपनि हुने अरु एक दुई दिन पछि दिएमा अथवा चेक दिएमा पनि हुने भनेका छन् । जवाफमा प्रसार्ईले आफु २ करोड दिन तयार रहेको वताएका र मन्त्री भएपछि तपाईले मलाई सहयोग गर्नुपर्छ भनेका छन् । तोसिमाले तपाईसंग लडाई त गर्दिनन् नी मन्त्री हुन भनेर प्रसार्ईले सोधेका छन् जवाफमा श्रेष्ठले तोसिमाले गर्दिनन् रवि सरलाई जिम्मा दिएपछि उहाले निर्णय गर्ने हो समस्या हुदैन भनेर जवाफ फर्काएको अडियोमा सुनिन्छ । आज फिक्स गर्नुपर्छ भनेका छन् साढे दुई करोड मागेका छन् हाललाई दुई करोड दिएपनि हुन्छ । श्रेष्ठले भनेका छन् । प्रसाईले यो पैसा रविलाई जाने त होलानी भनेर पनि सोधेको सुनिन्छ । जवाफमा श्रेष्ठले रवि सर त देखिनु भएको छैन एक दुई जना अरु नै हुनुहुन्छ पार्टिलार्ई सुरुदेखिनै सहयोग गर्ने, रवि सरलाई सहयोग गर्ने उहाहरु मार्फत जाने हो , पार्टिलाई जाने हो भनेका छन् । अडियो संवादमा प्रसाईले सांसद श्रेष्ठलाई कहाँवाट एमविविएस गरेको कहावाट एमडि गरेको , घर कहाँ हो लगायतका कुराहरु सोधेको र गोविन्द केसीको प्रसंग लगायत अरु धेरै कुरा गरेको अडियोमा सुन्न सकिन्छ ।
तत्कालिन समयमा रास्वपाले स्वास्थ्य मन्त्रालय दावी गरेको र उक्त मन्त्रालयमा डा तोसिमा कार्की, डा. चन्दा कार्की र ढाका कुमार श्रेष्ठले समेत दावी गरेका थिए । पछि उक्त मन्त्रालय एमालेको भागमा परेको र पदम गिरी स्वास्थ्य मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिईन् । ढिला गरि प्रसाईसंग पैसा मागेको अडियो सार्वजनिक भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।