पोखरा, वैशाख ८,
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य जापान भ्रमणमा गएका छन् । जापानमा प्रमुख आचार्यले पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापना सम्वन्धि एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न प्रमुख आचार्य सहित ७ सदस्यीय टोली जापान तर्फ गएको हो । सात सदस्यीय टोलीमा पोखरा महानगरपालिकका ३ जना इन्जिनियर , खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ रहेका छन् ।
यसै विच हिजो प्रमुख आचचार्यलाई पोखरा महानगरपालिकाको तर्फबाट विदाई गरिएको छ । पोखरा महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती, प्रबक्ता मोतिराज तिमिल्सिना, पोखरा महानगरपालिकामा नेपाली काँग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग, नेकपा एमाले संसदीय दलका नेता राधिका शाही योगी लगायतले प्रमुख आचार्यलार्य विदाई गरेका थिए । बिदाइ कार्यक्रममा प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । आफ्नो जापान भ्रमणका क्रममा कोल पाटनमा निर्माण गरिएको पानी ट्याङ्कीको विषय समेत टुङ्गोमा पुग्ने विश्वास प्रमुख आचार्यले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।