पोखरा वैशाख ९,
गण्डकी प्रदेशका मुख्यमनत्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ । चैत्र १० गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अधिकारी अल्पमतमा परेका थिए । अल्पमतमा परेका अधिकारीलार्ई एक महिना भित्रमा पुन विश्वासको मत लिने संवैधानिक ब्यवस्था रहेको छ सोही व्यवस्थाको उपयोग गर्दै अधिकारीले एक महिना सम्म अल्पमतको सरकार चलाए । उक्त समय आज सकिदैछ । ६० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२ जना नेकपा माओवादी केन्द्रका ८ , राप्रपाका २ र नेकपा एकिकृत समाजवादीका १ जना सदस्य रहेका छन् । नेकपा माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा उसले अधिकारीलाई विश्वासको मत दिने संभावना छैन । अधिकारीले आफना २२ र राप्रपाका २ जनाको गरि २४ जनाको समर्थन पाउन सक्ने देखिन्छ । सरकार नवन्ने अवस्थामा राप्रपाले पनि अधिकारीलाई विश्वासको मत दिने नदिने एकिन छैन । यस हिसावले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार आज ढल्ने निस्चित छ ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा विश्वासको मत लिने अघिल्लो दिन हिजो पत्रकार सम्मेलन गरेर आफनो कार्यकालमा भएका कामको वारेमा जानकारी गराएका थिए । अधिकांश नियमित कामलार्ईनै आफ्नो प्रगति मानेका मुख्यमन्त्री अधिकारीको १० वटा मन्त्रालयलाई घटाएर ७ मा झार्नुलाई प्रदेश वासीले महत्वपूर्ण कामको रुपमा लिएका छन् ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने अवस्था भएपछि गढडकीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको संयुक्त सरकार गण्डकीमा वन्ने छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका विचमा गण्डकीमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको वताईएको छ । यसरी आलोपालोको सहमती भएको भएपनि पहिला नेपाली काँगैसलेनै सरकारको नेतृत्व गर्ने संभावना वढि देखिएको छ । यस्तो अवस्थामा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री वन्नेछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।