पोखरा ,वैशाख १२,
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका छन् । वैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको वैठकमा विश्वासको मत मागेका थिए । अधिकारीले विश्वासको मत पा्रप्त गर्न असपल भएपछि उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि गण्डकीमा नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त भएको थियो सोही वमोजिम नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै दलहरुलाई संविधानको धार १६८ को उप धारा २ वमोजिम सरकार गठन गर्न आव्हान गरेको छ । मिति २०८० साल बिहिवार ४ वजे सम्म सरकार गठनका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्धारा जारी सूचनामा जनाईएको छ । संविधानको उक्त धारा अनुसार दुई वा दुई भन्दा वदि दलले सरकार गठनका लागि वहुमत सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख संग दावी गर्नुपर्ने हुन्छ ।