पोखरा ,वैशाख २१,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । आज गण्डकी प्रदेश सभाको वैठकमा पाण्डेले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रदेश सभा वैठकमा पाण्डेले राखेको प्रस्तावको पक्षमा ३५ मत परेको थियो । उनलाई नेपाली काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकिकृत समाजावादीका १ सांसदले विश्वासको मत दिएका थिए । ६० सदस्यीय प्रदेश सभामा बहुमत अर्थात ३१ जनाले विश्वासको मत दिए पुग्नेमा पाण्डेले ३५ मत प्राप्त गरेका छन् । पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिाना भित्र विश्वासको मत लिनुपर्ने भएपनि पाण्डेले सातौ दिनमानै विश्वासको मत लिएका छन् । विश्वासको मत लिएसंगै पाण्डेले मन्त्री मण्डल विस्तार गर्ने जनाईएको छ ।