पोखरा, आषाढ ८,
पोखरा महानगरपालिका, चिनीया राजदूतावास तथा नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा आज देखी पोखराको फेवातालमा नेपाल चिन मैत्री पूर्ण ड्रागन वोट रेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले फेवातालको किनारामा आयोजित एक भव्य समारोहका विच उद्धघाटन गरेका थिए । दक्षीण एसियामा पहिलो पल्ट नेपालमा आयोजना गरिएको अन्तराष्ट्रिय स्तरको महोत्सव हेर्न पोखराको फेवाताल किनारमा हजारौ मानिसहरु पुगेका थिए । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै संकृती पर्यटन तथा नागरिक उड्यन मन्त्री किरातीले नेपाल र चिन विचको सम्वन्ध चिनीया नागरिक अरनिको र नेपाली चेली भृकुटीको पालादेखीको पुरानो भएको वताए । नेपाल र चिन वितको सदीयौ पुरानो सम्वन्धमा पोखरामा आयोजना गरिएको अन्तराष्ट्रिय स्तरको ड्रगन वोट रेस फेष्टिवलले अर्को ईटा थपेको मन्त्री किराँतीले वताए । नेपाल चिनको एक असल मित्र भएको भन्दै मन्त्री किराँतीले चिनले नेपलको विभिन्न क्षेत्रमा गरेको सहयोग नेपालका लागि महत्वपूर्ण रहेको वताए । भृकुटी र अरनिकोलार्ई साँची राखेर भन्नु पर्छ नेपाल एक चिन नितीमा प्रतिवद्ध छ मन्त्री किराँतीले भने । समय अनुसार नेपाल र चिन विचको सम्वन्धका सुत्रहरु थपिदै जानेमा मन्त्री किँरातीले आशा ब्यक्त गरे ।
कार्यक्रममा नेपाल स्थित चिनीय राजदूत चेन सोङ्कोले नेपाल र चिनको संस्कृतिक सम्वन्ध दुवै देशका जनता जनता विचको सम्वन्ध भएको वताए । यो फेष्टिवलले दुई देश विचको सम्वन्धलाई अझै प्रगाढ वनाउने राजदूत चेनले वताए । राजदूत चेनले चिनले नेपालका विभिन्न परियोजना तथा क्षेत्रहरुमा गरेको लगानी र सहयोगले नेपाल र चिन विचको सम्वन्धलार्य दर्शाउने वताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो ३ दिन पोखराको लागि विषेश वनेको वताए । पहिलो दिन पोखर अन्तराष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाईन्सको चिनीय विमानले अत्राष्ट्रिय उडान भरेको र चिनीया विशिष्ठ पाउनाहरुलाई स्वगत गरिएको ,दुई देश विचको कला र संस्कृतिको अवलोकन गर्ने अवसर प्राप्त भएको र चिनमा अत्यन्तै लोकपृय ड्रागन वोट रेस प्रतियोगिता पोखरामा सुरु भएको वताए । यस फेष्टिवलले नेपाल र चिन विचको १५ यस वर्ष पुरानो श्रन्चनगम्पो र भृकुटी पाला देखीको सुमधुर सम्वन्ध तथा आपसरी हित र सहकार्यलार्ई थप उचाईमा पु¥याउने विश्वास ब्यक्त गरे । पोखरामा चिनका विभिन्न शहरहरुवाट अन्तराष्ट्रिय उडानलार्ई नियमितता गर्न चिनिया पक्षसंग आग्रह गर्दै चिनीया पर्यटकलाई पोखरा भ्रमणमा आउन प्रमुख आचार्यले अनुरोध समेत गरे । कार्यक्रममा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी , पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।,
ड्रागन वोट रेसमा नेपाली ४ र चिनीया ४ गरि ८ टोली विच प्रतिष्प्रर्धा भईरहेको छ । आज २०० मिटर र ५०० मिटर दूरीको प्रतियोगिता सम्पन्न भएका छन्, भोली विहान नेपालका दुई र चिनिया दुई टिम विच फाईनल प्रतियोगिता हुनेछ । कूल ३० लाख रासीको पुरस्कार रहेको यो प्रतियोगितामा प्रथम हुनेले रु २० लाख नगर र ट्रफि पाउनेछन् । प्रतियोगितामा नेपालका ७ वटै प्रदेश र चिनिया गरि १६० खेलाडीको सहभागिता रहेको छ । ड्रागन वोट रेस प्रतियोगितामा प्रयोग भएका ड्रागन वोट लगायतका सामाग्रीहरु निको सिचुवान प्रान्तवाट ल्याईएको हो । यस अघि सो प्रतियोगिताका लागि भन्दै चीनको क्षेन्दुङ अन्तर्राष्ट्रिय विमास्थलबाट सिचुआन एयरलाइन्सको विमान विशिष्ठ पाहुना र चिनीया खेलाडीहरु लिएर पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।