पोखरा आषाढ, ९,
पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो । प्रतियोगितामा नेपाली टिम दोस्रो बन्न सफल भएको छ । मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनको युनान ड्रागन बोट टिम तेस्रो भएको छ । ५०० मिटर र २०० मिटरको दौडमा प्रथम हुने सिचुवान ड्रागन वोट टिमले ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ सहित टफि हात पारेको छ ।२०० र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका नेपाली टिमले उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ प्राप्त गरेको छ । दुवै विधामा तेस्रो भएको युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् । विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यसै विच ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । चिनीय राजदूत छेनले पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यलायृ ति डुंगा हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा नेपालका ७ वटै प्रदेश र चिनिया गरि १६० खेलाडीको सहभागिता रहेको थियो । ड्रागन वोट रेस प्रतियोगितामा प्रयोग भएका ड्रागन वोट लगायतका सामाग्रीहरु चिनको सिचुवान प्रान्तवाट ल्याईएको हो । यस अघि सो प्रतियोगिताका लागि भन्दै चीनको क्षेन्दुङ अन्तर्राष्ट्रिय विमास्थलबाट सिचुआन एयरलाइन्सको विमान विशिष्ठ पाहुना र चिनीया खेलाडीहरु लिएर पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।