पोखरा आषाढ १०,
आषाढ ९ गते शनिवार राती परेको चट्याङले कास्कीमा एक जनाको मृत्यु भएको छ । शनिवार राती अन्दाजी साढे ११ बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.२३ हर्पन घर भएका ४९ का देब बहादुर बि.क. आफ्नै ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउन लागेको वेला अचानक चट्याङ परेको र उनलाई चट्याङले लाग्न जादाँ वेहोस भई ढलेको सूचना स्थानियहरुले प्रहरीलार्ई गरेका थिए । उक्त सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बाम्दीबाट प्रहरी टोली गई देव वहादुरलाइ उपचारको लागी पोखरा महानगरपालिका वडा नं ८ स्थित मेट्रोसिटी अस्पताल ल्याएको थियो अस्पतालमा उनको चेक जाँच पछि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।