पोखरा, आषाढ १०,
पोखरा महानगर पालिकाले आषाढ १० गते आईतवार निती तथा कार्यक्रम र वजेट एकै साथ प्रस्तुत गरेको छ । निती तथा कार्यक्र र वजेट अलग अलग दिनमा प्रस्तुत गर्ने प्रचलन रहेको भएपनि महानगरपालिकाले कार्यब्यस्तता देखाउदै निती तथा कार्यक्रम र वजेट एकै दिन प्रस्तुत गरेको हो । आज पोखरा सभागृहमा भएको १३ औ नगर सभामा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले आ. व. २०८०।०८१को निती तथा कार्यक्रम प्रस्तुत गरे । निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख आचार्यले समुन्त पोखराको आधार, सवल अर्थ तन्त्र र पूर्वाधार भन्ने नाराका साथ अगाडि वढेको वताए । प्रमुख आचार्यले चालु आर्थिक वर्षमा भए गरेका महत्वपूर्ण कार्यक्रमको चर्चा गर्दै पोखरा अन्तराष्टिय विमानस्थल सञ्चालनमा ल्याईएको, ल्याण्ड फिल्साईडलाई विमानस्थल नजिकै वाट अन्यत्रै व्यवस्थापन गरिएको र फोहर व्यवस्थापनका लागि पोखरा ३३ पुँडिटारमा फोहर प्रशोधन केन्द्रको प्रक्रिया सुरु भएको वताए । महानगर पालिकामा सेवा ग्रहीहरुका लागि एकद्धार प्रणली सञ्चालनमा ल्याईएको, नागरिकका गुनासा सुन्न हेल्लो मेयर कार्यक्रम सञ्चालन गरिएको, ३ अर्व रुपयाँको लागतमा तालचोक वेगनास नमूना सडक विश्व वैकको सहयोगमा निर्माण कार्य थालनी गरिएको, ग्रिन सिटी क्नि सिटी अवधारण अन्तर्गत कोरियाली सरकारसंग हरित यातायात विकासका लागि ६ अर्वको संझौता गरिएको, एडिवीको सहयोगमा शहरी विकास तथा जिपिकोपार्जन सुधार कार्यक्रम अन्तर्ग ७ अर्व र्५ करोडको संझौता गरि सञ्चालनको तयारीमा रहेको, जाईकाको सहयोगमा ढल निकास तथा फोहर पानी प्रशोधन प्रोजेक्टका लागि ११ अर्वको परियोजना सुरु हुने चरणमा रहेको वताए । अत्याधुनिक शौचालय, झण्डा पार्क , २३ वटा मुख्य चोकहरुमा हाई माक्स लाईटर १९ सय वढि, स्मार्ट वत्तिहरु राखिएको, २० किमी क्षेत्रमा विजुलीका तार भूमिगत गर्ने काम अगाडि वढेको पोखरामा डागन वोट रेस फेष्टिवल सम्पन्न गरिएको, लगायतका कामहरु गरिएको वताए ।
प्रमुख आचार्यले आगामी आर्थिक वर्षको विभिन्न क्षेत्रलार्ई समेटेर तयार गरेको कार्यक्रमलाई १४३ वुँदामा समेटेका छन् । महानगरको समष्टिगत कार्यदिशा तर्फ समुन्नत पर्यटकिय पोखराको दिर्घकालिन सोच अनुसार महानगरपाकिालार्ई सफा ,सुरक्षीत, सभ्य र आधुनिक शहरको रुपमा विकास गर्ने लक्ष हाँसिल गर्न गुरुयोजना, आवधिक योजना र क्षेत्रगत रणनितीक योजना तर्जुमा गरिने वताए । निती तथा कार्यक्रममा संस्थागत विकास र सूशासन तर्फ कर्मचारी प्रशासनलार्ई सक्षम सुद्रीड, सेवामूलक प्रतिष्प्रर्धि, उत्तर दायी , छिटो छरितो र नतिजामुलक वनाईने उल्लेख गरिएको छ । क्षेत्रगत रुपमा निती तथा कार्यक्रममा वन , वतातावरण तथा विपद व्यवस्थापन तर्फ हरित पोखरा निर्माणका लागि २ लाख विरुवा रोप्ने र क्नि पोखरा ग्रिन पोखरा परियोजना सञ्चालन गर्ने, पर्यटन तर्फ पर्यटनको राजधानी शहर पोखरा महानगरको मन्यता स्थापित गर्ने गरि विभिन्न कार्यक्रमहरु ल्याईएको छ । लेक साईड क्षेत्रलाई चौविसै घण्टा खुल्ला गरिने जनाईएको छ । वेगनास लयागतका तालहरुमा सम्भाव्यता अध्यनका आधारमा वाटर स्पोर्टस् सञ्चालन गरिने , कृषि तर्फ कृषि उत्पादनमा वृद्धि महानगरको संमृद्धिका लागि कार्यक्रम तय गरिएको छ । कृषि उपज वजारिकरणका लागि वारी देखि वजार सम्म उत्पादक देखि उपभोक्त सम्म कार्यक्रम सञ्चालन गरिने उल्लेख सवै कृषकको पहूँच र पहिचान ब्यवसायीक कृषकहरुको संरक्षण र सम्मान भन्ने ना अगाडि वढाउदै कृषकहरुको वर्गिकरण गरि किसान परिचयपत्र मार्फत न्यूनतम अनुदानको ग्यारेण्टी गरिनेछ वताईएको छ । । त्यसै गरि पशुपालन, सहकारी रोजगारी तथा ब्यवसाय, सूचना प्रविधि र सञ्चार, सामजिक विकास, पूर्वाधार विकास, यातायात, शिक्षा युवा तथा खेलकुद, भाषा साहित्य र संस्कृति र स्वास्थ्का क्षेत्रमा विभिन्न महत्वपूर्ण विषहरु समेटिएका छन् । निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख आचार्यले निती तथा कार्यक्रम वजेट संग तालमेल नहुने होकी भनने चिन्ता नरहेको वताउदै निती तथा कार्यक्रमको वजेट संग भेट हुने वताए । वजेट र निती तथा कार्यक्रम पारित गर्न २० दिनको समय रहेको भन्दै निती तथा कार्यक्र र वजेटमा नगर सभासदहरुलाई छलफलका निम्ति प्रयाप्त समय रहेको वताए ।