पोखरा, आषाढ १४,
नेपाल पत्रकार महासंघ कास्कीले आफ्नो ४७ औ स्थापना दिवस सम्मान तथा प्रशिक्षण कार्यक्रम गरी मनाएको छ । २०१२ सालमा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा नेपाल पत्रकार महासंघको स्थापना भएको थियो । केन्द्रमा १२ सालमा स्थापना भएपनि कास्की जिल्लामा २०३४ सालमा नेपाल पत्रकार महासंघको स्थापना भई कार्यसमिती चयन भएको थियो । उमाकान्त शर्मा नेपाल पत्रकार महासंघ कास्कीको संस्थापक अध्यक्ष हुन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको दिन मंगलवार सम्मान कार्यक्रम आयोजना ग¥यो भने मंगलवार र वुधवार पत्रकारितामा स्वाथएको टकराव विषयक कार्यशाला सम्पन्न गरेको छ । मंगलवार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघले स्थापना गरेको पोखरा पत्रकारिता संस्थागत सम्मानवाट लक्ष्मी हाउस पोखरालार्ई सम्मान गरियो । नेपाल पत्रकार पहासंघको संसथागत विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै लक्ष्मी हाउसका कार्यकारी अध्यक्ष गणेश वहादुर श्रेष्ठाई सम्मान पत्र नगद २५ हजार तथा दोसल्लाले सम्मान गरिएको थियो । श्रेष्ठलाई गण्डकी प्रदेशका अर्थ मन्त्री जित प्रसाद आलेले सम्मान गरेका थिए । कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै आलेले पत्रकारिता पेशा अत्यन्तै गाहे विषय भएको वताए । चौथो अंगको रपमा रहेको पत्रकारिता क्षेत्रलाई राज्यले जे जति सहयोग गर्नुपर्ने थियो सो हुन नसकेको वताए । गण्डकी प्रदेश सरकारले यो वर्ष गण्डकी प्रदेशका पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रमाम सहयोग गर्ने मन्त्री आलेले वताए । हाल वढ्दो समाजिक सञ्जालको कारण कुन समाचार वास्तविक हो, कुन फेक हो भनेर छुट्याउन सकेत मुस्किल हुने गरेको भन्दै तथ्य सत्य समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई मन्त्री आलेले अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रिय सभापति सुरेश आचार्यले पत्रकारको संख्या ,मिडियाको संख्या वढेको भएपनि मिडियाको कन्टेनमा जे दिनु पर्ने हो त्यो दिन नसकेको वताए । हामीले जे दिनुपर्ने हो त्यो दिन सकेका छैनौ । हामी स्थानिय अखवार निकालीरहेका छौ तर स्थानिय कुराहरुमा केन्द्रित नभई राष्«िटय र अन्तराष्ट्रिय कुराहरुमा केन्द्रित भउको वताए । आफुले के का लागि पत्रकारिता गरेको हुँ भन्ने कुरामा ध्यान दिन पत्रकारहरुलाई आचार्यले अनुरोध गरे । पत्रकार महासंघ शुद्धिकरणमा छौ । कमसेकम पत्रकारिता कर्म गर्नेहरु मात्रै पत्रकार महासंघको सदस्य वनौ भन्ने यसको मर्म रहेको वताए । पत्रकार वन्नको लागि महासंघको सदस्यनै हुनुपर्दछ भन्ने छैन भन्दै आचार्यले आफ्नो संस्थागत योगदानमा सहयोग गर्दछ भन्ने लाग्दछ भने महासंघको सदस्य वन्न सकिन्छ अन्यथा पत्रकार हुनका लागि पत्रकार महासंघको सदस्य वननेपर्दछ भन्ने नरहेको आचार्यले वताए । पत्रकार भएर न्यूज रुममा वसिरहदा तपार्यको दईत्व र न्यूज रुमवाहिर निस्किसकेपछिको तपाईको भूमिका के हुने भन्ने कुरा स्वयम् पत्रकारले वुझ्नुपर्ने आचार्यले वताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला गण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित ब्यक्तित्व गणेश वहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रतिभा चयन समितिका अध्यक्ष वद्रिविनोद प्रतिक, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव वारल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
मंगलवार र वुधवार भएको पत्रकारितामा स्वार्थको टकराव विषयक कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, र क्यानाडाको अटावा युनिर्भसिटीका प्राध्यापक डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका थिए । कार्यशालामा कास्कीमा कार्यरत ६४ जना पत्रकारहरुको सहभागिता रहेको थियो । पोखरा महानगरपालिकको सहयोगमा सम्पन्न भएको तालिमको वुधवार एक कार्यक्रमका विच महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका थिए । तालिमका प्रशिक्षार्थीहरुलाई सो अवसरमा प्रमुख आचार्यले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।