पोखरा आषाढ १८,
गण्डकी प्रदेश सरकारले आ. व २०८०÷०८१ का लागि पेस गरेको वजेटमा आफ्नो पार्टिका तर्फवाट पेस गरिएका योजना नसमेटिएको भन्दै नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश समितिले असन्तुष्ठि जनाएको छ । गण्डकी प्रदेश सभामा सरकारको निती तथा कार्यक्रम र वजेटका विषयमा छलफल चलिरहेको छ । उक्त छलफलमा प्रतिपक्षी नेकपा एमालेका संसदहरुले वजेटको वितरण पूर्वाग्रही ढंगले भएको भन्दै विरोध गरेको छ । सत्तारुढ दल नेपाली काँग्रेसकै कतिपय सांसदहरुले वजेट वितरण असमान भएको आरोप लगाईरहेका छन् । प्रदेश सभामा १ सिट रहेको सत्ता साझेदार दल नेकपा एकिकृत समाजवादीले वजेटमा आफ्नो पार्टिलाई उपेक्षा गरिएको वताएको छ । प्रदेश सरकारको निती तथा कार्यक्रम र वजेट वजेट वन्नु अगाडिनै आफुहरुले मुख्यमन्त्रीलाई भेटेर आफ्नो पार्टिका तर्फवाट पेस गरिएका योजनामा वजेट विनियोजन गर्न अनुरोध गरेको भएपनि वजेट आउदा आफ्ना माग संवोधन नभएको नेकपा एकिकृत समाजवादी गण्डकीका उपाध्यक्ष श्रीनाथ वरालले वताए । आफुहरुले ८७ वटा योजना माग गरेको भएपनि जम्मा १७ वटा योजना मात्रै परेको नेकपा एकिकृत समाजवादी गण्डकीका सचिव प्रतापलाल श्रेष्ठले वताए । आफ्नो पार्टिले ११ जिल्लाका विभिन्न मन्त्रालय संग सम्वन्धित २१ करोड वरावरका योजना लिखित रुपमा वुझाएको भएपनि जम्मा ३ करोड ३५ लाख वरावरका १६ वटा योजना मात्रै परेको भन्दै एकिकृत समाजवादीले असन्तुष्ठि जनाएको छ । गत वर्ष १० करोड वरावरका योजना परेको सो पार्टिले जनाएको छ ।
यसै विच नेकपा एकिककृत समाजवादीको एक प्रतिनिधि मण्डलले सोमवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटी आफ्नो पार्टिको असन्तुष्ठि रहेको भन्दै ध्यानाकर्षण पत्र वुझाएको छ । सो पार्टिका गण्डकी प्रदेश कमिटीका उपाध्यक्षद्धय श्रीनाथ वराल, र प्रेम नारायण पौडेल, सचिव प्रतापलाल श्रेष्ठ,केन्द्रिय सदस्य महेन्द्र थापा,प्रदेश कमिटी सदस्यहरु गोपाल गिरी, भरत वस्नेत, कास्की जिल्ला कमिटीका अध्यक्ष खड्ग हमाल ,पर्वतका अध्यक्ष ठाकुर शर्मा पौडेल लगायतको टोलीले मुख्यमन्त्री संग भेटघाट गरेको थियो । ध्यानाकर्षण पत्रमा केन्द्रमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी जसपा लगायतका दलहरुको गठवन्धन रहेको र त्यै गठवन्धनको मर्मको आधारमा प्रदेशहरुमा पनि गठवन्धन वनेको स्मरण गराउदै आ व. २०८०÷०८१ को वजेटमा मुख्यमन्त्रीवाट गरिएको व्यवाहारवाट गठवन्धनको मर्ममा चोट पुगेको वताईएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले नेकपा एकिकृत समाजवादीले राखेका मागहरुलाई प्राथमिकताको आधारमा संवोधन गर्ने आश्वासन दिएको सचिव श्रेष्ठले जानकारी दिए ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/07/image-1024x768.png)