पोखरा श्रावण ११,
प्रदेशगत हिसावमा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उमेद्धवारहरु मधेश प्रदेशमा सवै भन्दा वढि देखिएका छन् । प्रतिनिधि सभा तर्फको निर्वाचनमा मधेश प्रदेशका ४०० जनाले खर्च विवरण सार्वजनिक गरेका छै्रनन् त्यसै गरि केशीमा १९३, बाग्मतिमा २४८, गण्डकीमा ४९, लुम्विनीमा ९४, कर्णलीमा १६ र सुदुर पश्चिम प्रदेशमा ३७ जनाले खर्च विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा तर्फ निर्वाचन खर्च नवुझाउनेहरुमा बाग्मतिमा १५, केशीमा ९, मधेशमा ११, गण्डकीमा ४, लुम्विनीमा १ जना रहेका छन् कर्णली र सुदुर पश्मि प्रदेशका सवै उमेद्धवारहरुले खर्च विवरण वुझाउको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश सभा तर्फ मधेश प्रदेशका ७२७ जना उमेद्धवारहरुले खर्च विवरण सार्वजनिक गरेका छैनन् त्यसै गरि केशी प्रदेशका २०३, बाग्मति प्रदेशका २२६, गण्डकीका ४९, लुम्विनीका १३५, कर्णलीका १६ र सुदुर पश्चिम पैदेशका ४२ जना उमेद्धवारहरुले खर्च विवरण सार्वजनिक गरेका छैनन् । खर्च विवरण सार्वजनिक गरेका तर खर्च विवरण निर्वाचन कार्यालयमा नवुझाउनेहरुमा मधेश प्रदेशका २२, केशीका ६, बाग्मतिका ७, गण्डकीका १ र सुदुर पश्चिम प्रदेशका १ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको खर्च सार्वजनिक नगर्ने प्रतिनिधि सभा तर्फ स्वतन्त्र उमेद्धवार ५०४ जना रहेका छन् । त्यसै गरि राजनितीक दलका उमेद्धवारहरुमा राप्रपाका ५९, हाम्रो नेपाल पार्टिका ४३, राष्ट्रिय स्वतन्त्र पार्टिका ३९, राप्रपा नेपालका ३५, लोकतान्त्रिक समाजवादी पार्टिका ३३, जसपाका २९, नेपाली काँग्रेसका २१, जनमत पार्टिका २०, जन समाजवादी पार्टिका २०, नेकपा एमाले १८, नेपाली काँग्रेस विपी १८,नागरिक उन्मुक्ति का १२, नेकपा माओवादी केन्द्रका १२ जना उमेद्धवारहरु रहेका छन् । यसरी खर्च विवरण पेस नगर्ने दल ६१ रहेका छन् । यसै गरि प्रदेश सभा तर्फ स्वतन्त्र र विन्नि राजनितीक दलका गरि १३९८ जनाले खर्च विवरण सार्वजनिक नगरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।