पोखरा भाद्र ३,
यही भाद्र २ गते राती पोखरा महानगरपालिका वडा नं २५ हेमजाको सडकवाट प्रहरीले ५ केजी ७०० ग्राम अफिम सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ । पूर्व रुकुम देखिदिपेश पुन समेतका मानिसहरूले अवैध लागू औषध अफिम बेच–बिखन गर्नको लागि पोखरा बजारमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रहरी टोलीलती ब्यक्तिहरुको निगरानी एवं खोजतलास गर्दै जाने क्रममा भाद्र २ गते शनिवार राती करिव. १० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा स्थित सडकमा बेच्नको लागि साथमा लिई हिँडेको अवस्थामा दिपेश पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । सोही लागू औषध खरिद विक्रीको कारोबारमा संलग्न तेजेन्द्र बहादुर पुन र बिराज पुनलाई समेत राती नै पोखरा महानगरपालिका वडा नं. ५ लेकसाइडबाट पक्राउ गरिएको समेत विकले जानकारी दिएका छन् । यसरी पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नं २ वस्ने ४१ वर्षको दिपेश पुन, रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नं १ वस्ने ४० वर्षको विराज पुन र वाग्लुङ जिल्ला निसी खोला गाँउपालिका वडा नं ५ वस्ने ४६ वर्षको तेजेन्द्र वहादुर पुन रहेको प्रपक्ता विकले जनाकारी दिए । उनिहरुको साथवाट ३ थान मोवाई समेत वरामद गरेको प्रहरीले जनाएको छ ।