पोखरा, भाद्र ११,
गोबंश हत्यारालाई कारवाहीको माग गर्दै आज पोखरामा विशाल ¥याली निकालिएको छ । विश्व हिन्दु महासंघको अगुवाईमा पोखरा सभागृहवाट निकालिएको ¥याली पोखराको सभागृहचोक, सुजनाचोक, रत्नचोक, राष्ट्रवैक चोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ¥यालीमा ब्राम्हण समाज नेपाल, क्षत्री समाज नेपाल, ठकुरी संगम परिवार, दशनामी समाज, राप्रपा, विश्वकर्मा समाज, परियार समाज, केदारेश्वर वैदिक कुरुकुल आश्रम,नारयण स्थान धार्मिक क्षेत्र विकास समिति लगायतका ३४ वटा संस्थाको ऐकेवद्धता रहेको थियो । ¥यालीमा विभिन्न आम समूह तथा महिला समूहहरुको पनि सहभागिता रहेको थियो । ¥यालीमा सहभागिहरुले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषण गर, गो बंश हत्यारालाई कारवाही गर, जातीय सद्भाव कायम गर, धर्म निरपेक्षता खारेज गर, बुद्ध भूमी नेपालमा गौ हत्या वन्द गर, गौ हत्या निहु हो झगडाको विउ हो लगायतका नाराहरु लगाएका थिए ।
¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो कोण सभालाई केदारेश्वर बैदिक गुरुकुल आश्रमका पिठाधिश चिद्धन चैतन्य, बिश्व हिन्दु महासंघका सह अध्यक्ष शंकर खराल लगायतले संवोधन गरेका थिए । तत्पश्चात कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव धिमिरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाईएको थियो । ज्ञापन पत्रमा मुलुकमा हिन्दु धर्मको पहिचान मेटाउने कुचेष्ठा भईरहेकाले सनातन हिन्दु धर्म कमजोर भयो भने राष्ट्रियता कमजोर हुन्छ भन्ने ठानेर राष्ट्र वोध अभियान सञ्चालन गरिएको जनाईएको छ । पश्चिमा देशहरुमा हिन्दु धर्ममा आकर्षण वढ्दै गएको सन्दर्भमा दक्षिण पूूर्वी एसियामा हिन्दु धर्मलाई कमजोर पार्दै ईशाईकरणको दुष्चक्र चल्दै गएको छ । धर्म परिवर्तका माद्ययमले समाजमा द्धन्द र युद्धको खतरा वढ्दै गएको र नेपालमा यस्तो खतरा अझ वढि रहेको जनाईएको छ । ज्ञापन पत्रमा पछिल्लो समय पूर्वी नेपालको शहर धरानमा वाल गोपाल मन्दिर जजिकै छल कपट गरि स्थानियलाई प्रलोभनमा पारि चर्च वनाएर सनातनीहरुलाई मर्महत वनाईएको घट्ना सेलाउन नपाउदै गाई गोरु हत्या गरेर खुलेयाम मांस भागवण्डा लगाएर खाएको घट्नाले सरोकारवालाहरुलाई स्तभ्द वनाएको जनाईएको छ । उक्त काम संविधान विरोधी, संस्कृति विरोधी र धार्मिक सद्धभाव विरोधी कुकृत्य भन्दै भत्सना गरिएको छ । देशको संविधान र कानून विरोधि काममा संलग्न दोषीहरुलाई हाल सम्म पनि कुनै कारवाही नभएको , सरकार देशको संविधान र कानूनको कार्यान्वयनमा उदासिन भएको आरोप लगाउदै त्यस्ता संविधान र कानून विरोधी काम गर्नेहरुलाई कारवाही गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । नेपालमा ९३.१७ प्रतिशत ओमकार परिवार रहेको जनाउदै उनिहरुको सहनशिलतालार्ई कमजोरी नठान्न आग्रह गर्दै यदी आफुहरुका मागहरुको सुनुवाई भएन भने आफुहरु अर्को चरणको आन्दोलन गर्न वाद्य हुने जनाईएको छ । आयोजक विश्व हिन्दु महासंघ, ब्राम्हण समाज नेपालकेन्द्रिय समिति, क्षत्री समाज नेपालकास्की, ठकुरी संगम परिवार कास्की, दशनामी समाज कास्की, राप्रपा कास्की, विश्वकर्मा समाज कास्की, परियार समाज कास्की , संस्कृति युवा मञ्च ,केदारेश्वर वैदिक कुरुकुल आश्रम,नारयण स्थान धार्मिक क्षेत्र विकास समिति लगायतका ३४ वटा संस्थाहरुको ऐकेवद्धता रहेको सो अवसरमा जानकारी गराईएको थियोे । ज्ञापन पत्र आयोजक हरुको तर्फवाट केदारेश्वर वैदिक गुरुकुल आश्रमका पिठाधिश चिद्धन चैतन्यले प्रजिअ धिमिरेलाई वुझाउका थिए । राप्रपा कास्कीले पनि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई त्रापन पत्र वुझाएको छ । भाद्र ९ गते धरानमा शान्तिपूर्ण रुपमा सभा गर्न पाउने संवैधानिक अधिकार कुष्ठित गरिएको, गौ हत्या जस्तो संविधान र कानून विरोधको काम गरेर जातिय सद्धभाव विथोल्न खोजिएको भन्दै यस्ता काममा संलग्न जो सुकै होउन उनिहरुलाई कानूनी कारवाही गर्न राप्रपाले वुझाएको ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्र राप्रपा गण्डकीका अध्यक्ष तथा प्रदेश सभा सदस्य पञ्चराम गुरुङ र कास्की अध्यक्ष नारायण गुरुङले वुझाएका थिए । ज्ञापन पत्र वुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले आफुले ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने वताउदै सामाजिक सद्धभाव कायम राख्न सवै पक्ष सचेत हुनुपर्ने वताएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।