पोखरा भाद्र १३,
पुराना वामपन्थी नतो तथा अग्रज मानवअधिकारकर्मी टेकनाथ वरालको ८५ वर्षको उमेरमा हिजो मंगलवार निधन भएको छ । वराललाई विगत ५ दिन देखि उपचारकालागि पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको थियो । उपचारकै क्रममा वरालको निधन भएको हो ।
राणा विरोधी आन्दोलनमा लागेका वराल २०२१ सालमा वनारसमा पढ्दा पुष्पलालसंग सम्पर्क भएपछि २०२१ सालमा पुष्पलालको हातवाट कम्युनिष्ट पार्टिको सदस्यता लिएका वराल त्यतिवेला देखिनै कम्युनिष्ट पार्टिमा सक्रिय भएका थिए । २०२२ सालमा वनारसको जिएभि कलेल छात्र संघमा कम्युनिष्ट समर्थकहरुले चुनाव जित्दा वराल सचिवमा निर्वाचित भएका थिए । वरालले २०२३ सालमा नेपाल फर्केर छिन्न भिन्न रहेका कम्युनिष्टहरुलाई एकिकृत गरि गण्डकी र धौलागिरी क्षेत्रमा नेकपाको संगठन विस्तार गरेका थिए । पश्चिमाञ्चल क्षेत्रकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा संगठन विस्तार गरेको र गणेश शेरचनलाई नेकपाको तर्फवाट क्याम्पसको सभापतिमा निर्वाचित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । २०२५ साल देखि नेकपा पुष्पलाल समूहको केन्द्रिय सदस्य भई काम गरेका वराल २०३६ साल देखि ०४६ साल सम्म नेकपालाई एकिकृत गर्ने काममा लागेको वताईन्छ । २०४६ सालमा मनमोहन अधिकारी, मदन भण्डारी र जिवराज आश्रीतको अनुरोधमा बाम मोर्चा गठन गरि त्यसको नेतृत्व गरेका थिए । २०४६ साल देखि २०५० साल सम्म बाम मोर्चाको गण्डकी अञ्चल अध्यक्ष भएर काम गरेका वरालले २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा बाम मोर्चा र नेपाली काँग्रेस विच समन्वय र सहकार्य गरी यस क्षेत्रमा संयुक्त जनआन्दोलन गर्ने काममा महत्वपूर्ण भूमिका खेलेका थिए । २०५१ सालमा बाममोर्चा विगठन भएपछि वराल सामजिक सुधार र मानवअधिकारको आन्दोलनमा सरिक भए । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक अध्यक्ष रहेका वरालले अन्य मानवअधिकारवादी संस्थाहरुलाई पनि संगठित गर्दै मानअधिकारको आन्दोलनलाई वलियो वनाएका थिए । बिभिनन समयमा भएका निर्वाचन परिवेक्षण गर्ने काममा वरालको महत्वपूर्ण भूमिका रहेको थियो । वराल २०६१ सालमा ईन्सेकद्धारा प्रदान गरिने मानवअधिकार वर्ष पुरस्कार वाट समेत सम्मानित भएका थिए ।
वरालको मंगलवारनै सेती नदिमा अन्तिम संस्कार गरियो । स्व वरालका श्रीमती,१ छोरा र ३ छोरी रहेका छन् । वराललाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता,मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधी, कानून व्यवसायी, पत्रकार आफन्तजन तथा छिमेकीहरु पुगेका थिए । त्यस अघि वरालको सवलाई श्रद्धाञ्जलीका लागि ३ वजे देखि ५ वजे सम्म पोखरा ७ , नुवारथोक स्थित निवासमा राखिएको थियो ।