पोखरा, भाद्र १८,
पोखरा महानगरपालिकका विभिन्न ठाँउमा राखिएका २००७ वटा स्मार्ट सडक बत्ति र ३२ ठाँउमा राखिएका हाई मास्ट लाईटको नेपाल विद्युत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा आईतवार साझ उद्धघाटन गरेका छन् । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको आधा आधा लगानीमा पोखरा महानगरपालिकका सडकहरुमा २००७ वटा स्मार्ट सडक वत्ति र २३ वटा हाईमास्ट लाईट जडान गरिएका छन् ।
उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गदै नेपाल विद्युत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले उज्लालो पोखरा अभियानको पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले सहकार्य गरेको वताउदै दोस्रो चरणमा पनि सहकार्य गर्ने वताए । यति ठूलो पोखरा महानगरपालिकामा २००० सडक वत्तिले पुग्ने कुरा भएन भन्दै घिसिङले दोस्रो या तेस्रो चरणमा सहकार्य गर्ने वताएका थिए । प्राधिकरणले ९८ प्रतिशन जनताका घर घरमा विजुली पु¥याएको वताउदै जनताका घर मात्रै उज्यालो भएर नहुने शहरहरु उज्यालो हुनुपर्दछ भनेर यो अभियान सुरु गरिएको घिसिङले वताए । पोखरा महानगरपालिका भित्रका सवै पोलहरु हटाउन अन्डरग्राउड केवलिङ गर्नुपर्ने भन्दै त्यो तत्कालका लागि संभव नभएपनिे प्रधिकरणले शहरमा रहेका अनावश्यक पोलहरु हटाउने आश्वासन दिए । टेलिफोनका अनाबश्यक तारहरु हटाएर नेपाल बिद्युत प्राधिकरणलाई सहयोग गर्न घिसिङले नेपाल टेलिकमलाई आग्रह गरेका थिए ।
सो अवसरमा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले २००७ वडा सडक वत्ति र ३२ ठाँउमा हाईमाक्स लाईट जडान भएपछि पोखरा साच्चिकै उज्यालो भएको वताए । अहिले कुनै डाडामा गएर सातीमा पोखरा हेर्ने हो भने पोखर उज्यालो भएको छ मेयर आचार्यले भने । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणको सहकार्यमा दोस्रो चरणमा विरौटा देखि छोरेपाटन, जिरो किमी देखि सेदी र वन्दै गरेको पोखरा मुग्लिन सडकको छेउहरुमा आवश्यकता अनुसार सडक वत्ति र हाईमास्ट लाईट जडान गर्दै जाने वताए । पोखराका सडकमा पोलहरु वडि भए, तारहरु अस्तव्यस्त भए भन्ने गुनासो वढिरहेको भन्दै त्यो काम एक्लै महानगरपालिकाले गर्न नसक्ने भएकाले नेपाल विद्युत पाधिकरणको सहयोग चाहिने वताए । कुडहर देखि लेक साईड सम्म विजुलीका तार अन्डरग्राउण्ड गर्ने काम भईरहेको समेत प्रमुख आचार्यले जानकारी दिए । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, पोखरा महानगरपालिका वडा न ९ का अध्यक्ष दिपेन्द्र मर्सानी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।