पोखरा भाद्र ३०,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीले छैटौ वैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टिको शुक्रवार पोखरामा सम्पन्न छैटौ पूर्ण वैठकका निर्णय शनिवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरि सार्वजनिक गरेको हो । सो वैठकको उद्धघाटन शुक्रवार पार्टिका अध्यक्ष माधव कुमार नेपालले गरेका थिए ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादी गण्डकीका ईञ्चार्ज तुल वहादुर गुरुङले आफ्नो पार्टि संगठन सुद्रिडिकरण र विस्तारमा लागेको वताए । समाजवाद निर्माणको लक्ष लिएर आफ्नो पार्टि अगाडि वढेको वताउदै यस अभियानमा कुनै पनि पार्टि संग सत्रुतापूर्ण व्यवाहार नगर्ने सहकार्य गरेरै समाजवादको लक्ष प्राप्तीमा अगाडि वढ्ने गुरुङले वताए । पत्रकार भेटघाट कार्यक्रममा वैठकले गरेका निर्णयहरु कार्यवहाक अध्यक्ष श्रीनाथ वरालले पढेर सुनाएका थिए । वैठकले विधान वमोजिम प्रदेशको सचिवालय सदस्यमा ३१ जनालाई थप गरि ६९ सदस्यीय सचिवालय कमिटी र १५ सदस्यीय कार्यलय कमिटी गठन गरेको जनाईएको छ । वैठकले पार्टि केन्द्रिय कमिटीले सञ्चालन गरेको मेची महाकाली अभियान आश्वीन २१ गते नवलपुर आईपुग्ने भएकाले सो अभियानलाई सफल पार्न आश्वीन ६ गते नवलपुर जिल्ला कमिटीको तयारी वैठक गर्ने, त्यसै गरि १५ गते नवलपुरको कावाशोतीमा प्रदेश कमिटीको सचिवालय वैठक आयोजना गर्ने र १६ गते जवस(मोर्चा) संगठनहरुको वैठक कावाशोतीमै गर्ने निर्णय समेत गरेको छ ।
साथै वैठकले विरामी भएका प्रदेश कमिटीका अध्यक्ष रामजी प्रसाद शर्माको सीध्र स्वास्थ्य लाभको कमना का साथै संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयीक निधन भएकोमा गहिरो दुख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको कावा अध्यक्ष वरालले वताए । पार्टिको आगामी माघ १४ गते देखि १८ गते सम्म काठमाण्डौमा हुने १० औ महाधिवेसनको कार्यलालिका सार्वजनिक भएको जानकारी समेत सो अवसरमा गराईयो । कार्यतालिका यस प्रकार रहेको छ । असोज २१ गते देखि २५ गते सम्म हरेक जिल्ला किमिटीले प्रदेश कमिटीमा संगठीत सदस्यता विवरण पठाउने, प्रदेश कमिटीले आश्वीन २७ गते केन्द्रमा सदस्यता विवरण पेस गर्ने केन्द्रिय समितिले पौष १० गते भित्र प्रमाणिकरण गरिसक्ने कार्यतालिका रहेको छ । देशै भरी पौष २१ गते प्रतिनिधि छनौट गर्ने कार्यलतालिका रहेको छ । यसरी छनौट भएका प्रतिनिधिहरुको पौष २५ गते देखि माघ ५ गते सम्मे केन्द्रवाट प्रमाणिकरण हुने र माघ १४ गते देखि १८ गते सम्म महाधिवेसन हुने वताईएको छ । पत्रकार भेटघाट कार्यक्रममा सचिव प्रतापलाल श्रेष्ठले पनि वोलेका थिए । पत्रकारहरुले सोधेका प्रश्नहरुको सो पार्टिका प्रदेश ईञ्चार्ज तुल वहादुर गुरुङ र का.वा. अध्यक्ष श्रीनाथ वरालले दिएका थिए ।