पोखरा , कार्तिक १८,
पश्चिम नेपालको जाजरकोट जिल्लाको वारेकोट गाँउपालिका केन्द्र विन्दु भएर गएको ६.४ रेक्टरस्केलकोे भुकम्पले ठूलो मानविय क्षती भएको छ । कयौ घर तथा भवनहरु भत्केका छन् । शुक्रवार राती ११.५५ वजे गएको भूकम्पले जाजरकोट र रुकुम पश्मिमा क्षती भएको छ । ६.४ म्यग्नेच्युट मापन गरिएको भुकम्प आएपछि पनि उक्त क्षेत्रमा पराकम्पहरु गईरहेका थिए । भुकम्पवाट कच्ची संरचनाहरु भत्कको छन् १४० भन्दा वढि मानिसहरुले ज्यान गुमाईसकेका छन् भने मृतकहरुको संख्या वढिरहेको छ । सयौ मानिसहरु घाईते भएका छन् । जाजरकोट जिल्लाको वारेकोट गाँउपािलका र नलगाड नगरपालिका क्षेत्रमा वढि क्षती भएको छ । विरामीहरुको उपचारका लागि अस्पताल भरिएका छन् । काठमाण्डौ लगायत विभिन्न जिल्लाहरुवाट विरामीको उपचारका लागि चिकित्सकहरुको टोली जाजरकोट र रुकुम पश्चिम तर्फ गएका छन् । प्रदेश सरकारहरुले राहत पठाउने तथा तथा उद्धारका लागि जनशक्ति पठाउने काम गरिरहेका छन् । २०७२ सालमा गोरखाको वारपाक क्षेत्रलाई केन्द्र विन्दु वनाएर गएपछिको ठूलो भुकम्पको रुपमा यस पटकको भूकम्पलाई लिईएको छ । सरकारको तर्फवाट तत्कालका लागि ५÷५ करोड रकम प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा पठाईएको छ । विभिन्न राजनितीक दलहरुले राहत रकमको घोषण गरेका छन् भने उद्धारमा जुट्न लागि आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिले २० जना चिकित्सकहरुको टोली प्रभावित जिल्लाहरुमा पठाएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काममा सहयोग गर्न गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्री सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली पठाईसकेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल प्रकाशित गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली पठाईसकेको जनाएका छन् । जाजरकोट र रुकुम पश्चिममा भुकम्पको कारण भएको मानविय तथा भौतिक क्षतीले मर्माहत वनाएको भन्दै मुख्यमन्त्री पाण्डेले विपदको यस घडिमा प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज समक्ष अपिल गरेका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा राहत र उद्धारका लागि काम गरिने समेत मुख्यमन्त्री पाण्डेले जनाएका छन् । यसै गरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत रुकुम पश्चिम र जाजरकोटको गएको दुःखद भुकम्पमा परि ज्यान गुमाउनु हुने उपप्रमुख सरिता सिंह सहित सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको सिघ्र स्वास्थ उपचारको ब्यबस्थापन गर्न आह्वान गरेका छन् । आफुहरु स्थानिय प्रसासनसँग सम्पर्कमा रहेको र राहात तथा उद्दारमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको जनाएका छन् यसको लागि आबश्यक सँयोजन र सम्पर्क गर्न बिपत ब्यबस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मा लाई फोकल पर्सन तोकिएको प्रमुख आचार्यले जनाएका छन् । पोखरा –जाजरकोट, पोखरा – रुकुम समाजका पदाघिकारी एवँ सदस्य हरुलाई सम्पर्कमा आउन पनि प्रमुख आचार्यले अनुरोध गरेका छन् ।
त्यसै गरि त्यसै गरि पोखरा देखि मुलुकका विभिन्न ठाँउमा यातायात सेवा सञ्चालन गरेको पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनी प्रालिले पोखरा देखि रुकुम पश्मि र जाजरकोट सम्मका लागि उद्धार र राहत लिएर जानेहरुका लागि निशुल्क वस सेवा उपलव्ध गराउने जनाएको छ । पृथ्वी राजमार्ग वस कम्पनीका अध्यक्ष योगेन्द्र केसीले एक विज्ञप्ती प्रकाशित गरि सो सेवा उपलव्ध गराउने जनाएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।