पोखरा मंसीर ५,
कास्की प्रहरीले दशै, तिहार, नेपाल सम्वत तथा छठ लगायतका चाडपर्वका अवसरमा कास्की जिल्ला अन्र्तगत भएका बिभिन्न आपराधिक कार्यलाई नियन्त्रणमा लिनुका साथै अन्य केही उद्धारका कामहरु पनि गरेको जनाएको छ ।  नागरिकहरुलाई शान्ति सुरक्षा तथा अमनचैन कायम गर्ने उद्धेश्यले कास्की प्रहरीले मातहतका प्रहरी कार्यालयहरुको सहयोगमा विभिन्न अपराधिक कार्यहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त तथा प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । चाडवाडको अवधिमा कास्की प्रहरीले असोज २९ गते पोखराको लेकसाईड स्थित डिहिको पाटनमा रहेको जिना मेडिकल हल सञ्चालन गरि वस्ने सविन चौधरीलाई लागू औषध डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी जम्मा ८८ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको छ । त्यसै गरि कार्तिक १४ गते स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ७ माछापुच्छ« मार्ग वस्ने किशोर गुरुङलाई नाईट्रोभ्याट १० लेखेको १५६ पत्ता (२३४० चक्की) लागू औषध सहित नियन्त्रणमा लिएको थियो ।
त्यसै गरि कार्तिक १८ गते पोखरा महानगरपालिका वडा नं १५ , नयाँगाँउ स्थित सेती नदिको धाजाँ फाटेको ठाँउवाट पर्व जिल्ला फलेवास घर भई हाल पोखरा महानगरपालिका वडा नं १५ नयाँगाँउ दाजुको डेरामा आई वसेका १९ वर्षका सुदिप विकलाई उद्धार गरिएको थियो उक्त कार्यामा वडा प्रहरी कार्यालय रामवजारवाट ७ जना, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोलि र सशस्त्र बल नेपाल नं. २४ गण हे.क. कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो ।
यसै गरि कास्की प्रहरीले कार्तिक १८ गते नै पोखरा महानगरपालिका वडा नं ४ मानवअधिकाचोक स्थित यम वहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सिका किराना पशलमा जुवा तास खेलीरहेका ६ जनालाई नगद ४६ हजार ९ सय ५७ सहित पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेहरुमा पशल सञ्चालक समेत रहेका पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने वर्ष ३२ का यम ब. गुरुङ , पोखरा म.न.पा. वडा नं.१० फुलबारी बस्ने वर्ष ३५ का भोज बहादुर गुरुङ ,पोखरा म.न.पा. १० रामबजार बस्ने वर्ष ३२ को गुमान गुरुङ ,पोखरा म.न.पा. १ बगर बस्ने वर्ष ४८ का ज्योतिन्द्र बि.क. ,पोखरा म.न.पा. १५ फलेपाटन बस्ने वर्ष ५० का बम बहादुर पुन र पोखरा म.न.पा. १७ घारीपाटन बस्ने वर्ष ४० की शान्ती गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।
त्यसै गरि कास्की प्रहरीले कार्तिक १९ गते पोखरा महानगरपालिका वडा नं २१ कश्यारघाट वाट पोखरा म.न.पा. वडा नं.१७ दोभिल्ला बस्ने वर्ष २१ को कौशल पुन मगर ,वडा नं.१३ बाँझपाटन बस्ने वर्ष २१ को प्रशान्त गुरुङ र पोखरा म.न.पा. वडा नं.२१ कस्यार बस्ने बर्ष २१ को अनिस सुनारलाई लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्राम बसहित गिरफ्तार गरेको छ ।
त्यसै गरि प्रहरीले कार्तिक २२ गते पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोकमा रहेको नविल वैकको एटिएम मेसिन फोडि पैसा चोर्ने काममा सक्रिय भातिय नागरिक हाल पोखराको नयाँवजारमा बवि ठाकुर शैलुन पशल सञ्चालन गरि वस्ने बवि ठाकुरलार्ई एटिएम मेसिन फोड्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
यसै क्रममा कास्की प्रहरीले पोखराका विभिन्न ठाँउवाट तिहारलाई लक्षीत गरेर बिक्रिी वितरणका लागि ल्याईएका पटाका, जुवा खेल्न प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु , नियन्त्रणमा लिएको वताए । यसरी नियन्त्रण लिएका सामानहरुमा प्याङ्गुईन कोव्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानि बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम ४१४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम(९८ सेट २७४४ पिस०,सानो पटका( ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा० नियन्त्रणमा लिएको साथै विभिन्न स्थानबाट लंगुरबुर्जार खोरखोरेका सामाग्रीहरु ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट आदी रहेका छन् । ति सामागी्रीहरुलाई नियन्त्रणमा लिई नष्ट गरिएको समेत प्रहरीले जनाएको छ ।
कार्तिक २८ गते पोखरा महानगरपालिका वडा नं १७ मा खुर्पा प्रहार गरि आफ्नै वावुको हत्या गर्ने पोखरा महानगरपालिका वडा नं १७ स्थित बिरौटा गोधुली संसार पथ बस्ने रविन क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा पाल्पावाट सोही दिन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसै गरि कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६ लुम्लेमा कार्तिक २७ गते सोही ठाँउ वस्ने श्रीराम देवकोटालाई उनकै घरमा गई धारिलो हतियार प्रहार गर्ने जुमकाजी विकलाई वडा प्रहरी कार्यालय वगरवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसै गरि मंसीर ३ गते प्रहरीले पोखरा महानगरपालिका वडा नं ५ वस्ने जिवन विकलाई पोखरा ८ आलुमाईलाचोक वाट, कुँवरटोलवाट प्रविण पौडेल र पोखराको न्यूरोडवाट कुशल विक्रम खाँड ठकुरीलाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ । यी सवैै मुद्धामा कास्की जिल्ला अदालतवाट अनुमति लिई अनुसन्धान प्रक्रिा चलिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।