नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा सहितको गठवन्धनले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पर्क कार्यालयको स्थापना गरेका छन् । यसै विच क्षेत्र नं २ मा स्थापना गरिएको कार्यालयको उद्धघाटन नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बखानसिंह तमु र नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य चुडामणि जंगलीले संयुक्त रुपमा गरे । सो अवसरमा मन्तव्य व्यक्त गर्दै गठवन्धनको तर्फवाट प्रतिनिधि सभा सदस्य श्रीनाथ वरालले लोकतन्त्र,संविधान र संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षाको लागि गठवन्धन वनेको वताउदै यो गठवन्धन केवल सत्ता प्राप्तीका लागि मात्रै नभएको वताए । चुनाव जित्नका लागि र सरकार वनाउनका लागि मात्रै गठवन्धन नगरिएको वताउदै प्रणालीको रक्षाका लागि गठवन्धन भएको वरालले स्पष्ट पारे । आफु निर्वाचित भएपछि २ नंवर क्षेत्रको समग्र बिकास, निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजिवीकका हरेक सवाललाई निती निर्माणको तहमा लगेर सर्वसुलभ वनाउन प्रयत्न गर्ने उनले वताए । आफुले गलत कुरामा कहिल्यै संझौता नगर्ने वताउदै गठवन्धनमै पनि गलत कुराहरुको आफुले प्रतिवाद गर्ने वरालले वताए । जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा आफ्नो ध्यान रहने वरालले वताए ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (२) मा प्रदेश सभासदस्य पदका उमेद्धवार विन्दुकुमार थापाले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने वताए । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले आवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकार समेत दिने धारणा राखे । उनले जनताले लडेर ल्याएको व्यवस्था नै असुरक्षित हुने अवस्था आएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठवन्धन आजको आवश्यकता भएको वताउदै गठवन्धन दलमा रहेका सवैले ईमान्दारिताका साथ गठवन्धनका उमेद्धवारहरुलाई मतदान गर्न आग्रह गरे । नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, कांग्रेस नेता देवराज चालिसे, माओवादी केन्द्रका केन्द्रिय सदस्य बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले मन्तव्य ब्यक्त गरेका थिए ।
त्यसै गरि गठवन्धनको कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालयको पनि स्थापना गरिएको छ लेखनाथ स्थित बुढीवजारमा स्थापना गरिएको सम्पर्क कार्यलय कार्यालयको उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दैनेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे । लोकतन्त्र, संविधान र समानतालाई दीगो बनाउन लागि परेको गठबन्धनका उम्मेदवारलाई मत दिन सवै मतदातालाई शर्माले आग्रह गरे । कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापाले हिजोको दिनमा काँग्रेसले र माओवादीले एक्ला एक्लै लड्दा २ पटक जितेको क्षेत्रमा गठबन्धन चुनाव लड्दा विजय निस्चित रहेको ठोकुवा गरे । सभामा माओवादी केन्द्र कास्कीका अध्यक्ष राजकाजी गुरुङले पार्टीको निर्देशनलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढेर सवै उम्मेदवारलाई विजयी गराउने जिम्मा सबैको भएको बताए । सभामा नेकपा एसका नेता चुणामणि जंगलीले ५ दलिय गठबन्धन एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
सभामा नेका कास्कीका सभापति एवं संघ तर्फका उम्मेदवार किशारदत्त बरालले विकास निर्माणलाई योजनाबद्ध ढंगबाट प्राथमिकता दिँदै ठुला र साना विकासलाई दीगो स्तरमा लैजान आफूहरुको योजना रहेको उल्लेख गरेका गरे । गठवन्धनको तर्फवाट कास्की क्षेत्र नं १ (१) का उम्मेदवार दिपक कोइरालाले नेकपा एमालले हारको मनस्थितिमा पुगेर झुटको खेती गरिरहेको वताए । ५ दलिय गठबन्धनका संयोजक राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवार सरस्वती गुरुङ, माओवादी केन्द्रका नेता कोमलनाथ बराल, विनय थापा, समाजवादीका नेता पुर्ण लामा, दुर्गा गुरुङ, जनमोर्चाका हरिप्रसाद बराल लगायतले बोलेका थिए । त्यसै गरि गठवन्धनले क्षेत्र नं ३ को कार्यालय पोखरा २५ हेमजामा स्थापना गरेको छ ।