पोखरा पौष १४,
बाग्लुङवाट भैरहवा जाँदै गरेको वसको ठक्करवाट शनिवार पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा एक महिलाको ज्यान गएको छ ।षौष १४ गते विहान बाग्लुङवाट भैरहवा जाँदै गरेको वसले पोखरा महानगरपालिका वडा नं २७ स्थित लेखनाथ महोत्सव चलिराखेको ठाँउ वाहिर वाटोमा ब्यापार गरिरहेकी एक महिलालाई ठक्कर दिदा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बाग्लुङबाट भैरहवातर्फ जादै गरेको लु १ ख ८३५६ नं.को बसको ब्रेक फेल भई सडकको दायाँ साईडमा रहेको माटोको ढिस्कोमा ठक्कर खाई सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त वसको ठक्करवाट भारत घर भई हाल पोखरा २७ लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न आएकी ३० वर्षकी इस्श्रावती कुमारीलाई ठक्कर दिई घाईते बनाएको र उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा करिव साढे १ बजे तिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसमा यात्रा गरिरहेका २० जना मध्य ३ जना घाईते भएको अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारीले जानकारी दिए । घाईते हुनेहरुमा तनहुँ जिल्ला म्याग्दे गा.पा.८ घर भएका बर्ष ३६ का रामजी गन्धर्ब ,तनहुँ जिल्ला म्याग्दे गा.पा.८ घर भएका बर्ष ३६ का रामजी गन्धर्ब की श्रीमती वर्ष ३० की विष्णु गायक र पर्सा जिल्ला दिप न.पा.१ बस्ने बर्ष ४६ की चिज माया गन्धर्ब रहेका छन् । उनिहरुको लेखनाथसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।