पोखरा पौष २३,
आज राष्ट्रिय सभाका रिक्त १९ सिटमा हुने निर्वाचनका लागि मनोनयन दर्ता हुदैछ । राष्ट्रिय सभामा रिक्त भएका २० सिट मध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुदैछ भने एक जना राष्ट्रिपति वाट मनोनति हुनेछन् । प्रदेश सभाका सदस्य र स्थानिय तहका प्रमुख , उप प्रमुख मतदाता हुने यस निर्वाचनका लागि निर्वाचन आयोगले आईतवार मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । निर्वाचन आयोगले बिहान १० वजे देखि दिउसो ३ वजे सम्मका लागि उमेद्धारी दर्ताको समय तोकेको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्ता गठवन्धनले सिट भागवण्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल सत्ता गठवन्धन संग कुरा नमिलेपछि एक्लै चुनावमा जाने भएको छ । राष्ट्रिय सभाको निर्वाचनमा मतदाताको मतभार हेर्दा सत्ता गठवन्धनको मतभार वढि देखिन्छ अर्थात सत्ता गठवन्धनले चुनाव जित्ने निस्चित जस्तै छ । सत्ता गठवन्धनमा नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकिकृत समाजवादीले २ । जनता समाजवादीले १ सिट पाउने गरि भागवण्डा टुङ्गिएको छ । सो आधारमा दलका उमेद्धवारहरुले मनोनयन गर्ने भएका छन् । नेकपा एमालेले भने १९ सिटमानै उमेद्धवारी दिने भएको छ ।
नेपाली काँग्रेसवाट राष्ट्रिय सभामा टिकट पाउनेहरुमा कोशीवाट कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगाना,बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी,गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटा, कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यवाट बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्ट रहेका छन् । त्यसै गरि नेकपा माओवादी केन्द्रले कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दलार्य उमेद्धवार वनाउने भएको छ । दुइृ सिट पाएको नेकपा एकिकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टिले रौतहटकी पुजा चौधरीलार्य उमेद्धवार वनाएको छ ।
नेकपा एमालले एमालेले बागमती प्रदेशमा अन्य समूहबाट चितवनका त्रिलोचन निर्मल पौडेल, महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकमा,अपाङ्गतातर्फ विवेक देवकोटा, कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट ,दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही,सुदूरपश्चिम प्रदेशको महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली, गण्डकीकै अपाङ्गता÷अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला ,लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपेन्द्रबहादुर बिसी र महिलातर्फ तुलसाकुमारी केसी, मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा थरूनीलाई उम्मेदवार बनाउने भएको छ ।