पोखरा पौष २३,
माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभाका रिक्त १९ पदका लागि आज मनोनयन दर्ता भएको छ । ७ वटै प्रदेशका सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा गई विभिन्न दल सम्वद्ध उमेद्धवारहरुले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठवन्धनले १९ सिटमा भागवण्डा गरि उमेद्धवार उठाए भने नेकपा एमालेले १९ सिटमानै उमेद्धवार उठाएको छ । विहान १० वजे देखि दिउसो ३ वजेलार्य उमेद्धवारी दर्ताको समय तोकिएको थियो ।
कोशीप्रदेशबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला , मधेसमा आनन्द ढुंगाना,बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी,गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार , लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटा, कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यवाट बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टले उमेद्धवारी दर्ता गराए । त्यसै गरि कोशीबाट महिलातर्फ नेकपा माओवादी केन्द्रका चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दले उमेद्धवारी दर्ता गराएका छन् । दुई सिट पाएको नेकपा एकिकृत समाजवादी पार्टिका बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्लले उमेद्धवारी दर्ता गराए । जनता समाजवादी पार्टिकी पुजा चौधरले मधेश प्रदेशको महिला कोटा तर्फ उमेद्धवारी दर्ता गराएकी छन् ।
बागमती प्रदेश अन्य समूहबाट नेकपा एमालले एमालेका त्रिलोचन निर्मल पौडेल, महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विश्वकमा,अपाङ्गतातर्फ विवेक देवकोटा, कर्णालीमा अन्य क्लस्टरबाट डिल्लीराज भट्ट ,दलिततर्फ हिक्मत विश्वकर्मा र महिलातर्फ विमलाकुमारी शाही,सुदूरपश्चिम प्रदेशको महिलातर्फसावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्य क्लस्टरबाट ईश्वरीप्रसाद खरेल, गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, गण्डकीकै अपाङ्गता÷अल्पसंख्यक निर्वाचन क्षेत्रबाट हेमन्द्र शेरचन र महिलातर्फ सम्झना देवकोटा, कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट परशुराम अधिकारी र महिलातर्फ रूक्मिणी कोइराला ,लुम्बिनी प्रदेशबाट अन्य समूहबाट झपेन्द्रबहादुर बिसी र महिलातर्फ तुलसाकुमारी केसी, मधेस प्रदेशमा अन्य समूहबाट अर्जुनकुमार सिंह र महिलातर्फ उषा थरुनीले राष्ट्रिय सभा सदस्यका लागि उमेद्धवारी दर्ता गराएका छन् ।
गण्डकीका ३ सिटका लागि सत्ता गठवन्धनको तर्फवाट अन्यतर्फ नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार, र महिलावाट नेकपा माओवादी केन्द्रकी मनरुपा शर्माले उमेद्धवारी दर्ता गराएका छन् । त्यसै गरि नेकपा एमालेको तर्फवाट अन्यमा चक्रवहादुर पराजूली, महिलामा संझना देवकोटा, र अपाङ्गता÷अल्पसंख्यक क्षेत्रवाट हेमचन्द्र शेरचनले उमेद्धवारी दर्ता गराएका छन् । राप्रपाका अन्य तर्फ रोम वहादुर भण्डारी र महिला तर्फ गौ माया श्रेष्ठले उमेद्धवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ ।
७ प्रदेश अन्तर्गत कोशी प्रदेशमा ५, मधेशमा ५, बाग्मतीमा १५,गण्डकीमा ८, लुम्विनीमा ७,कर्णलीमा ६ र सुदुर पश्चिममा ६ जना गरि जम्मा ५२ जनाले उमेद्धवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । यसरी मनोनयन गर्नेमा महिला १८ जना, दलित क्लष्टरवाट ५ जना, अन्यवाट २१ जना र अपाङ्ग क्लष्टरवाट ८ जना रहेका छन् । पौष २४ गते अर्थात भोली उमेद्धवारको विरोधमा उजुरी दिने,२५ र २६ गते प्राप्त उजुरीहरु उपर जाँचवुझ गरि नामावली प्रकाशन गर्ने, २७ गते उमेद्धवारहरुले नाम फिर्ता लिने र सोही दिन उमेद्धवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने, र २८ गते उमेद्धवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।