पोखरा पौष २६,
रेशम चौधरी संरक्षक रहेकोे नागरिक उन्मुक्ति पार्टिको प्रथम राष्ट्रिय महाधिवेसन आज देखि कौलालीको टिकापुरमा हुँदैछ । आज भोली र पर्सि सम्म चल्ने उक्त पार्टिको महाधिवेसनको सम्पूर्ण तयारी पुरा भएको सो पार्टिद्धारा प्रसित बिज्ञप्तीमा जनाईएको छ । महाधिवेसनमा ८ हजार प्रतिनिधि सहभागि हुने सो पार्टिले जनाएको छ । चर्चित टिकापुर घट्नापछि स्थापना भएको नागरिक उन्मिुक्ति पाटिको संघिय संसदमा समेत प्रतिनिधित्व रहेको छ । ४ सिट भएको उक्त पार्टि सत्ता साझेदार दल पनि हो सो पार्टिका अध्यक्ष रंजिता श्रेष्ठ, चौधरी भूमि व्यवस्था तथा सहकारी मन्त्री छन् । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।