पोखरा माघ १०,
जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो कार्यालयले ३ महिनामा गरेका कामहरुको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्तिक, मंसिर र पौष महिना भित्रमा गरेका शन्ति सुरक्षा, अपराध नियन्त्रण तथा विभिन्न जनचेतना मुलक कार्यक्रम तथा ट्राफिक नियम उल्लङ्घनका क्षेत्रमा भएका प्रगति सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्रवण कमार विकले वताए । कास्की प्रहरीले आफ्नै कार्यलयका खराव आचारण र व्यवाहार भएका ८ जना प्रहरीहरु माथि कारवाही गरेको छ । यसरी कारवाहीमा पर्नेहरुमा प्रहरी निरिक्षक १ जना, सहायक निरिक्षक १ जना, हवल्दार १ जना र प्रहरी जवान ५ जना रहेका छन् । त्यसै गरि राम्रो काम गर्ने १ जना प्रहरी नायव निरिक्षकलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले विगत ३ महिनाको अवधिमा प्रहरीहरुलाई तालिम समेत प्रदान गरेको छ । वल प्रयोगको सिदान्त तथा हात हतियारको प्रयोग सम्वन्धि दिईएको तालममा ३५ जना प्रहरीहरुको सहभागिता रहेको थियो । त्यसै गरि भिड नियन्त्रण तथा विषेश घुम्ति अनुशिक्षणक तालिममा पनि ३५ जना सहभागि रहेका थिए । प्रहरीले ३ मिहनाको अवधिमा १०७ वटा हराएका मोवाईल फेला पारि सम्वन्धित ब्यक्तिहरुलाई दिएको छ । कास्की जिल्लाका ग्रामिण ईलाकामा प्रत्येक महिनाको १२६वटाका दरले ३७८ पटक गस्ति गरिएको प्रवक्ता विकले वताए ।
कास्की प्रहरीले समूदाय साझेदारी कार्यक्रम अन्तर्गत लधु सचेतना, लागु औषध , सडक सुरक्षा, साईवर सुरक्षा, चोरि नियन्त्रण लगायतका २५४ वटा कार्यक्रमहरु सञ्चालन गरेको छ । नियम विपरित नदिजन्य पदार्थ उत्खनन गर्ने ७६ वटा सवारी साधनहरुलाई कारवाही गरिएको र ति सवारी साधनहरुसंग १ खाल ६२ हजार ५०० राजश्व संकलन गरिएको छ । ३ महिनाको अवधिमा कास्की प्रहरीले ९ वटा जुवाखालमा छापा मारी ६२ जनालाई पक्राउ गरेको साथै उनिहरुसंगवाट ३९ लाख ६७ हजार ७०२ रुपयाँ वरामद गरेको प्रहरी नायव उपरिक्षक विकले जनाएका छन् । अपराध अनुसन्धान तर्फ विभिन्न ३० वटा कसुरमा ५१२ वटा मुद्धा दर्ता भएका छन् । लागु औषध सम्वन्धि कारोवारमा संलग्न एक जना विदेशी नागरिक सहित ५७ जना पुरुष र १ जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ । घरेलु हिंसा तर्फ ४५ वटा उजुरी आएकोमा २७ जना फेला परेको, ४० जना महिला हराएको यजुरीमा २७ जना फेला परेको, ३४ जना वालक हराएको उजुरीमा ३० जना फेला परेको, ४४ जना पुरुष हराएको उजुरीमा ३९ जना फेला परेको र ३ जना जेष्ठ नागरिक हराएकोमा ३ जनानै फेला परेको कास्की प्रहरी प्रवत्ता विकले जानकारी दिए ।
ट्राफिक व्यवस्थापन तर्फ ३ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार ४९ सवारी साधन कारवाहीमा परेका र उनिहरुसंगवाट ९८ लाख ६६ हजार ६०० रुपयाँ राजश्व संकलन भएको छ । यस विचमा ट्राफिक प्रहरीले बिद्यार्थी संग एउटा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो जसमा ५० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसै गरि ट्राफिक प्रहरीले चालक तथा व्यवसायीसंग २३० पटक, सर्वसाधारण मानिसहरुसंग २७ पटक जनचेतना मुलक कार्यक्रम गरेको थियो । त्यसै गरि चालक तथा यात्रु मैत्री कक्षा २९३ पटक सञ्चालन गरिएको र उक्त कक्षाहरुमा २१हजार ६ सय ७७ जना सहभागि भएको प्रहरीले जनाएको छ । त्यसै गरि कास्क िप्रहरीले ३ महिनाको अवधिमा लागु औषध कारोवारी तर्फ व्राउन सुगर सहित३ जनालाई पक्राउ गरेको, एटिएम मेसिन फोर्ने प्रयास गरेको १ जनालाई, आफ्नै वुवालाई खुर्पाले हानेर हत्या गरेको १ जना, कौडा खेली रहेका ६ जना र अवैध हतियार सहित २ जना, ठगि मुद्धाका ५ जना, नक्कली फेक आईडि वनाएर वालिकाको नग्न तस्विर पोष्ट गरेर व्ल्याकमेलिङ गर्न खोज्ने १ जना,वस चोरि गरेर चितवन तर्फ लैजादै गरेको १ जना, टेलिकमका तार चोर्ने २ जना कर्तव्य ज्यान मुदद्धाका १ जना, १६ जना जुवाडे ,धाराको टुटी चोरी गर्ने १ जना लाई पक्राउ गरि अनुसन्धान अगाडि वढाईएको समेत कास्की प्रहरी प्रवक्ता विकले वताए ।