पोखरा माघ २०,
उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कायम गर्ने अभियानमा निरन्तर लागिरहेको वताएका छन् । मुलुकलाई संमृद्धिको यात्रामा अगाडि वढाउन अनिवार्य शर्तको रुपमा रहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने गृहमन्त्रीले स्पष्ट पारे , गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई संवोधन गर्ने क्रममा पोखरा आएका श्रेष्ठले आज पोखराका सञ्चारकर्मीहरुसंगको कुराकानीमा सो कुरा वताएका हुन् । भ्रष्टाचार नियन्त्रण नगरि सुशासन कायम नहुने भन्दै श्रेष्ठले भ्रष्टाचार कसले गरेका हुन् ? सडकपेटिमा वस्ने जनताले गरेका हुन् ? मजदुर , किसान र गरिव जनताले गरेका हुन् भन्ने प्रश्न गर्दै, हैन भ्रष्टाचारमा त हरेक हिसावले राज्यसंयन्त्रमा पहुँच भएका, पटक पटक सत्ता सञ्चालन गरेका राजनितीक दलका नेता, र ब्यक्तिहरु, राज्य सञ्चालनमा एउटा वा अर्को भूमिका भएका कर्मचारीहरु नै संलग्न छन् भन्ने कुरा प्रष्ट भईसकेको वताए । एकातिर सुशासनको माग पनि गर्ने अर्कोतिर सुशासन स्थापना गर्नका लागि राजनितीक पार्टिका ब्यक्तिहरु परे भनेर राजनितीक पार्टिका नेताहरु चर्को चर्को कराउने अनि भन्ने राजनितीक पार्टिका नेताहरुलाई त पक्राउ गर्नु भएननी यो त पूर्वाग्रह भयो भनेर, उद्योगी ब्वसायी कोही प¥यो भने उद्योग व्यवसायी संगठनका प्रतिनिधीहरु कराई हाल्ने यत्रो अर्थतन्त्रमा योगदान गरेकालाई पक्रन पाईन्छ भनेर, कर्मचारी प¥यो भने कर्मचारीका संगठनले विरोध गर्ने भनेपछि यो सुशासनको र भ्रष्टाचार विरुद्धको अभियानमा कसलाई कारवाही गर्ने सडकपेटिमा ब्यपार गरेर वस्ने, मजदुर , किसान र गरिव जनतालाई कारवाही गर भन्या हो भन्दै गृह मन्त्री श्रेष्ठले असन्तुष्ठि ब्यक्त गरे । सरकारको निती सुशासन र भ्रष्टाचार नियन्त्रणमा स्पष्ट रहेको भन्दै कोही निर्दोसलाई डाम्न नदिने र कोही दोशीलाई उम्कन नदिने स्पष्ट पारे दोषी जुनसुकै प्रकृतिको होस् समूदायको होस् कानूनको अगाडि सवै समान छन् भन्ने मान्यता अगाडि सार्न चाहान्न्छौ भन्दै गृहमन्त्रीले राज्यलाई किर्ते जालसाजी र ठगी गरेर लुट्नेहरुलार्ई कुनै पनि हालतमा उन्मुक्ति नदिईने वताए । कानून स्थापित गर्दा आतकिंत हुने रे हुनु परु्यो नी कानूनी राज्यमा कानून स्थापित । राज्य विरुद्धको अपराध गर्नेहरुका विरुद्धमा सम्पूर्ण हिसावले कानूनको पालना गरिने वताए । यस क्रममा देशलाई यथास्तिीमा रहन नदिने सधैभरी हजुर तपार्ई लुटिरहनुहोस् हामी सहयोग गरिरहन्छौ देश वर्वाद हुँदै जाओस् हमी तपार्ईहरुलार्ईनै सहगयोग गरिरहन्छौ भनेर रातो कार्पेट विच्छाउने पक्षमा सरकार नरहेको गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।