पोखरा फागुन २,
कास्की जिल्लाको साविक हंसपुर र थुम्की गाविस , हाल रुपा गाँउपालिका वडा नं १,२, ७ र मादी गाँउपालिका वडा नं १२ वाट पोखरा महानगरपालिकाका विभिन्न ठाँउमा आएर वसोवास गरेकाहरुको संस्था हंसपुर थुम्की पोखरा सम्पर्क समाजले आफ्नो जग्गामा समाज घर वनाउने भएको छ । २०५७ सालमा दर्ता भएको यो संस्थाले समाजका आजिवन सदस्यहरुसंगवाट चन्दा रकम संकलन गरि २०६५ सालमा पोखरा महानगरपालिका वडा नं १२ स्थित चापापानीमा जग्गा खरिद गरेको थियो । जग्गा खरिद गरेको १५ वर्ष पछि समाजले पुनः समाजका आजिवन सदस्यहरुवाटै सकम संकलन गरि २ तले वहुउदेश्यीय समाजघर निर्माण गर्न लागेको हो । उक्त समाजघर निर्माणको आज शिलान्यास गरिएको छ । विधिवत रुपमा पूजा अर्चना गरि भवनको समाजका पूर्व अध्यक्षहरु क्या. हर्क वहादुर गोदार, रविन पौडेल, धनेश्वर सुवेदी, नबराज सुवेदी र अध्यक्ष प्रकाश केसीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
समाजको २ तले भवन निर्माणका लागि समाजले विगत ३ महिना देखि आजिवन सदस्यहरुसंग चन्दा संकलन अभियान सञ्चालन गरिरहेको छ । भवन निर्माणका लागि करिव १ करोड खर्च लाग्ने प्राविधिक ईष्टिमेट रहेको छ । उक्त भवनमा कार्यालय सञ्चालन कक्ष, वैठक कक्ष तथा विभिन्न कार्यक्रमहरु गर्न मिल्ने हिसावले सभाहल निर्माण गरिने अध्यक्ष प्रकाश केसीले वताए । भवनको निर्माण करिव ८ महिनामा सम्पन्न गर्ने लक्ष लिईएको छ । हंसपुर थुम्की पोखरा सम्पर्क समाजले संस्थाका सदस्यहरुको सुखः दुखमा एकाकार हुने, रक्तदान , स्वास्थ्य शिविरहरु , छात्रवृति स्थापना लगायतका सामािजक उत्तरदाईत्वका कामहरु तथा साविक हंसपुर र थुम्की गाविस वाट पोखरामा स्वास्थ्य उपचार लगायत अन्य हिसावले आएका तर आर्थिक अभावको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । समाजमा हाल ३२० जना आजिवन सदस्यहरु रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।