पोखरा फागुन ११,
नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भूषालले मुलुकको संमृद्धिका लागि युवाहरुको विदेश पलायनलाई रोक्नुपर्ने वताएका छन् । नेकपा एकिकृत समाजवादी कास्की जिल्ला कमिटी र पोखरा महानगर समितिले संयुक्त रुपमा गरेको अगुवा कार्यकर्ता भेलालाई पोखरामा संवोधन गर्दै महासचिव भूषालले युवाहरुलाई विदेश जानवाट रोक्न मुलुकमा उद्योगहरु सञ्चालन गर्नुपर्ने वताए । विदेशवाट छोराछोरीले पठाएको रेमिट्न्सले मुलुक नवन्ने वताउदै भूषालले नेपालमा खनिजमा आधारित उद्योग, पानीमा आधारित उद्योग,वन पैदावार र जडिवुटी उत्पादनका उद्योगहरु सञ्चालन गरेर वढि भन्दा वढि युवाहरुलार्ई रोजगारी दिन सकिने वताए । कृषिमा क्रान्ति नगरिकन मुलुकको विकास संभव नभएको भन्दै भूषालले ३ खर्व वरावरको कृषि उत्पादन वाहिरवाट आउने गरेको वतए । ३ खर्व वरावरको पूजीगत खर्च नगर्ने मुलुकले ३ खर्वको कृषि उपज वाहिरवाट ल्याउनुपर्ने अवस्था डरलाग्दो रहेको उनले वताए । हामी आफै किन उत्पादन गर्न सक्दैनौ, यहाको माटोमा किन उत्पादन हुँदैै भन्दै भूषालले यसका लागि सरकारको स्पष्ट निती चाहिने वताए । समृद्धिका लागि नेपालमा कृषिमा चामत्कारिक विकास र उद्योग खोल्ने वातावरण तयार गर्नुपर्ने भूषलले वताए । आजको मुलुकको मुख्य कार्यभार भनेको दलाल पूजीवादको अन्त्य गर्दै राष्ट्रिय पूजीको विकास गर्नु रहेको वताउदै भूषालले दलाल पूजीवादले उद्योग खोल्न नदिने, मुलुकमै रोजगारी श्रीजना गर्न नदिने वाहिरवाट किनेर खान वाद्य पार्ने भएकाले यसको अन्त्य गर्न र राष्ट्रिय पूजीको विकास गर्नुपर्ने वताए । राष्ट्रिय पूजीवादले मुलुकमा उद्योग खोल्ने वातावरण मिलाउने, रोजगारी श्रीजना गर्ने, कृषिमा आत्म निर्भर मात्रै हैन कृषि उपज निकासी गर्न सक्ने वनाउने र समग्रमा समाजवाद तर्फ लैजाने भएकाले आफ्नो पार्टिले दलाल पूजीवादको अन्त्य र राष्ट्रिय पूजीको विकास गर्ने कुरा जोडदार ढंगले उठाएको भूषालले वताए ।
मुलुकमा राजतन्त्र फालिसकेपछि जनताले परिवर्तन हुन्छ भन्ने ठानेका थिए तर जनताको अवस्थामा परिवर्तन हुन सकेन । राजालाई फालेर काँग्रेस कम्युनिष्टहरुले सत्तामा ढलीमली गरेको आरोप हामीहरुलाई लाग्ने गरेको छ भन्दै भूषालले मुलुकलाई अव पनि यथास्थितीमा राखिएमा त्यसको परिणम गम्भिर हुन सक्ने वताए । आफ्नो पार्टिले मुलुकलाई संमृद्धि वनाउन र समाजवादमा जानको लागि शुसासन र रोजगारीलाई मुख्य मुद्धाको रुपमा उठाएको भन्दै भूषालले हाल मुलुकको अनौपचारिक क्षेत्रमा भएको रोजगारीलाई तिन गुणा वढाउन सकेको खण्डमा मुलुकको प्रतिव्यक्ति आम्दानी ४ हजार अमेरिकी डलर पुग्ने र नेपालले गरिवीवाट मुक्ति पाउने भूषालले वताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी ईञ्चार्ज तुल वहादुर गुरुङले २०८१ साल जेष्ठ ३ गते देखि हुने पार्टिको राष्ट्रिय महाधिवेसनको तयारीमा पार्टि पंती जुटेको वताए । पोलिट व्यरुो सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ वरालले महाधिवेसनको तयारीकै क्रममा पार्टिले २ महिने अभियान सञ्चालन गरेको वताउदै गण्डकी प्रदेशका ८५ वटै पालिकामा पार्टिको संगठन सुद्रिड रहेको वताए । नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिवी राई र स्वागत पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेले गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिका १४ का याम वहादुर थापा, पोखरा २५ निवासी लोक गायीका कोपिला किसान, हिरा वहादुर विक, पे्रम ठकुरी, दुर्गा भूजेल, लक्ष्मी सिंङ ठकुरी, महेन्द्र वहादुर विक , मन कुमार विक लगायत २० जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उनिहरुलाई महासचिव भूषालले अविर र खादा लगाएर पार्टि प्रवेश गराएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।